
बेलायत/किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४२ औँ जन्मजयन्ती समारोह बेलायतको आस्फोर्डस्थित साइमन चर्चको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रम किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतको आयोजनामा गत शनिबार, १४ नोभेम्बर २०२६ का दिन सम्पन्न गरिएको हो ।
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतका अध्यक्ष राजेन्द्र खिम्दिङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम किरात याक्थुङ चुम्लुङ यूकेका अध्यक्ष कमला सेन्दाङ लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको आयोजक समिति किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतका सचिव ज्ञानु फुरुम्बो चरपेले बताएको छ ।

महागुरु जन्मजयन्ती कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष विश्वसादिप तिगेला, किरात राई यायोक्खा बेलायतका महासचिव गंगाराज राई, किरात याक्थुङ चुम्लुङ यूकेका सदस्य टंक येङ्देन, किरात याक्थुङ चुम्लुङका पूर्व अध्यक्ष डम्बर सिंगक, किरात याक्थुङ चुम्लुङ संघीय नेपालका पूर्व उपाध्यक्ष तथा सल्लाहकार नरकुमारी वनेम, आदिवासी जनजाति महासंघ यूकेका पूर्व अध्यक्ष सिरी साम्यु, गोर्खा मेजर पदम आङबुहाङ, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूकेका उपाध्यक्ष अनिल मल तथा महासचिव जुरेन्द्र खजुमको उपस्थिति रहेको थियो ।
त्यसैगरी, गोर्खा पिस फाउन्डेसनका अध्यक्ष भीमराज तुम्बाहाङ्फे, लिम्बुवान नागरिक समाजका अध्यक्ष विजय लुम्फुङवा, लिम्बुवान नागरिक समाज यूकेका तुम्याहाङ छत्र वनेम, किरात याक्थुङ चुम्लुङ यूकेका पूर्व अध्यक्ष काजीमान यक्सो, किरात याक्थुङ चुम्लुङ शाखा आस्फोर्डका अध्यक्ष सुन्दर लिङथेप, सेवारो कलाकार संघ यूकेका महासचिव माक्सती ओख्राबु, किरात राई सांस्कृतिक कलाकार संघ यूकेका अध्यक्ष डिल्लीराम राई, गीतकार नेम खापुङ, युवा व्यवसायी डम्बर खजुम तथा गायक राजेन्द्र केरुङ लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

आयोजक समितिका सचिव ज्ञानु फुरुम्बोका अनुसार प्रमुख अतिथि कमला सेन्दाङ लिम्बूले दीप प्रज्वलन तथा महागुरु फाल्गुनन्द लिङ्देनज्यूको तस्बिरमा पुष्प अर्पण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४२ औँ जन्मजयन्तीको अवसरमा विभिन्न सामाजिक व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो । सचिव फुरुम्बोका अनुसार सम्मानित हुने व्यक्तित्वहरूमा डम्बर सिंगक, डम्बर खजुम, भीमराज तुम्बाहाङ्फे, छत्र वनेम, शिखर सम्बाहाङ्फे, नेम खापुङ, राजेन्द्र केरुङ, रामकुमार सिंथेबे तथा अनिता लिङ्देन गुरुङ रहनुभएको छ । त्यसैगरी, ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई मिक्तोक तथा खदा अर्पण गरी सम्मान गरिएको थियो ।
महागुरु फाल्गुनन्द लिङ्देनज्यूले समाज सुधारका क्षेत्रमा पु¥याउनु भएको अतुलनीय योगदान, उहाँको महान् विचार, दर्शन र सामाजिक परिवर्तनका अभियानलाई स्मरण गर्दै कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । वक्ताहरूले महागुरुका आदर्श, सिद्धान्त र समाज सुधारका अभियानलाई नयाँ पुस्तासम्म पु¥याउनु पर्नेमा जोड दिनु भएको थियो ।

आयोजक समितिका उपाध्यक्ष निर्मल पतङवाले स्वागत मन्तव्य राख्नुभएको थियो भने अर्का उपाध्यक्ष लाल लिङ्देनले महागुरु फाल्गुनन्दज्यूको जीवनी तथा उहाँले समाज सुधारका क्षेत्रमा पु¥याउनु भएको योगदानबारे प्रकाश पार्नुभएको थियो । भने, आयोजक समितिका सह सचिव निराज माबोहाङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।






