
माङसेबुङ/लामो समयदेखि अधुरो रहेको फाल्गुनन्द मार्ग (दमक, माङसेबुङ लारुम्बा, चिसोपानी, रबि सडक) समयमै काम सम्पन्न पर्ने आवाज उठेको छ ।
सोमबार झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गरी फाल्गुनन्द मार्ग (दमक, माङसेबुङ लारुम्बा, चिसोपानी, रबि सडक) को अलपत्र काम चाँडो सम्पन्न गर्न साथै राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानका लागि सो सडकको नाम फाल्गुनन्द मार्ग कायम गर्न माग गरिएको हो ।
पत्रकार सम्मेलनमा किरात धर्मगुरूज्यूको निजी प्रवत्ता डिल्लीराम चाम्लिङले फाल्गुनन्द मार्ग (दमक, माङसेबुङ लारुम्बा, चिसोपानी, रबि सडक) किरात धर्मगुरु महिङ्गुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङको पहल र सपनाको सडक योजना भएको बताउनु भएको छ ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले किरात धर्मको कार्यक्रममा सहभागी हुँदा सो सडकको नाम फाल्गुनन्द मार्ग घोषणा गरेको प्रवक्ता चाम्लिङले स्मरण गराउदै सो नामाकरणलाई कायम राख्नु पर्ने बताउनु भयो ।
किरात धर्मगुरु महिङ्गुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङको पहलमा वि.सं. २०५६ सालमा किरात धर्मगुरुज्यूको नुमाङगेन्नामा प्रमुख अतिथिको रूपमा सहभागी हुने क्रममा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले दमक–चिसापानी सडकको नाम ‘फाल्गुनन्द मार्ग’ घोषणा गर्नुभएको थियो ।
पत्रकार सम्मेलनमा किरात धर्म साहित्य उत्थान संघ दमकका अध्यक्ष डकेन्द्रसिह थेगिमले बेलैमा सडक नबन्दा दजनौ नागरिकले ज्यान गुमाइसकेको बताउनु भयो । ठेकेदारको लापरबाही, राजनीति दलका नेता कार्यकर्ताहरुले श्रेय लिन सामाजिक सञ्जालमा लडाइँ गरिरहेको अध्यक्ष थेगिमले बताउनु भयो । अध्यक्ष थेगिमका अनुसार जसको पहलमा निर्माण कार्य सुरु भयो सत्य तथ्य नबुझी सञ्जालमा श्रेयको होडबाजी गरिरहेका छन् ।

यसरी सुस्तगतिमा निर्माण भइरहेको सो सडकको पछिल्लो अवस्थाबारे बुझेर धर्मगुरुज्यूकै पहलमा निर्माण कार्यलाई थप अगाडि बढाउन धर्मगुरुज्यूले सरकार समक्ष पहल गरिरहनु भएको स्थानीयबासी किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भएको छ ।
गत कात्तिक दोसो साता पूर्वाधार विकास मन्त्रालय सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्याालय दमकले दमक चिसापानी सडक कालोपत्रका लागि एम.एस महालक्ष्मी जय धनाञ्जय जेभी काठमाडौको बोलपत्र स्वीकृत गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सोमबार जारी गरिएको विज्ञप्तीमा लेखिएको छ ‘गत कार्तिक दोस्रो साता नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय, सडक विभाग अन्तर्गतको सडक डिभिजन दमकले दमक–चिसोपानी (फाल्गुनन्द) मार्ग कालोपत्रे गर्नका निम्ति एम.एस. महालक्ष्मी जय धनञ्जय जे.भी. काठमाडौंको बोलपत्र स्वीकृत गरेको छ । यसले करिब चार दशकदेखि धार्मिक तीर्थस्थल माङसेबुङलाई हिमाल, पहाड र तराईसँग सडक सञ्जालले व्यवस्थित रूपमा जोड्ने आशा पुनः जागृत भएको छ ।’

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्दज्यूको प्रवक्ता डिल्लीराम चाम्लिङद्धारा हस्ताक्षरित विज्ञप्तीमा थप लेखिएको छ, ‘किरात धर्मगुरु किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्दज्यूको विशेष अनुरोधमा समस्याग्रस्त सो सडक योजना पुनः ठेक्का प्रक्रियामार्फत् फेरि काम अघि बढेकोमा वर्तमान सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको सरकार र प्रधानमन्त्रीज्यूको सचिवालयप्रति हार्दिक आभार व्यक्त गर्दछौं । साथै, सो सडकको योजना निर्माण गर्ने उपभोक्ता, बजेट तय गर्ने पूर्व सरकार र सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । र, कालोपत्रे निर्माणको जिम्मा पाएको कम्पनीलाई समयमै काम सम्पन्न गर्न अनुरोध गर्दछौं ।’












