
माङसेबुङ/किरात हाङसाम मुजोत्लुङ माङहिमको शाखा माङहिमहरु देश विदेशमा गरी करिब डेढ सयको संख्यामा निर्माण भई विश्व शान्ति तथा मानव एकताको लागि दैनिक सेवा पूजा हुँदै आएको शाखा माङहिमहरुको अवस्थाबारे बुझ्न र आवश्यक नीति निर्देशन गर्न किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले अनुगमन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसरी शाखा माङहिमहरुको अवस्थाबारे बुझ्न र आवश्यक नीति निर्देशन गर्न किरात साम्यो हाङसाम मुजोत्लुङ माङहिम किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले जागरण अभियान मार्फत किरात माङहिमहरुको भ्रमण, अनुगमन र प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङ्मा लिङ्देनज्यूको सन्देशलाई सबै भक्तजनसामु सुनाउँदै किरात धर्म सम्बन्धि समग्र जानकारी दिन अभियान कार्यक्रम सञ्चालन गरिएको अभियान टोलीका संयोजक तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भएको छ ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको आज्ञा अनुसार माङगेन्ना सेवा समितिको प्रत्येक शाखा माङहिमहरुको अनुगमन र सञ्चालक समिति तथा भक्तजनहरुसँग भेटघाट गर्ने कार्यक्रमको रुपमा धार्मिक जागरण अभियान २०८३ लाई अगाडि बढाइएको हो ।

नेपालको विभिन्न जिल्लामा रहेको माङहिमहरुको भ्रमण साथै अनुगमन गर्ने कार्यक्रम पहिलो चरणमा झापा, सुनसरी, उपत्यका र खोटाङ जिल्लामा रहेका किरात माङहिमहरुमा कार्यक्रम गरिएको थियो । भने, दोस्रो चरणको अभियान कार्यक्रममा मोरङ र धनकुटाका शाखा माङहिमहरुमा कार्यक्रम गरिएको थियो ।

अभियान टोलीका संयोजक तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङको सन्देशलाई सबै भक्तजनसामु सुनाउनु हुँदै किरात धर्म सम्बन्धि समग्र विषयमा बोल्नु भएको थियो । भने, अभियान कार्यक्रमको औचित्यबारे किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति सदस्य तथा किरात इङ्सेका सम्पादक ज्ञानु केदेमले बोलेको थियो ।

यसैगरी अर्थ सम्बन्धि विविध जानकारी किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति कोषाध्यक्ष कूलबहादुर लाओती र धर्मको विशेषता र गुरु गुरुआमाको चिनारी विषयमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति सदस्य पूर्णकार्की ढोलीले आफ्नो भनाई राख्नु भएको थियो ।

यसरीनै शाखा माङहिम अनुगमन तथा धार्मिक प्रशिक्षण कार्यक्रमको तेस्रो चरणको अभियान कार्यक्रम अन्तर्गत भदौं २३ गते तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं. ५, दाङगाप्पामा अवस्थित किरात युमा मिङसो माङहिममा कार्यक्रम गरिएको थियो ।

भने, २४ गते म्याङलुङ नगरपालिका ६, जिरिखिम्तीमा रहेको किरात साम्यो माङचोत्लुङ माङहिम अनुगमन तथा प्रशिक्षण कार्यक्रममा सम्पन्न भएको थियो ।

भदौं २५ गते तेह्रथुमको फेदाप गाउँपालिका वडा नं. १, पोक्लाबाङ औशींडाँडामा अवस्थित किरात तागेरा निङ्वाभू माङहिममा कार्यक्रम गरिएको थियो ।

भने, २६ गते ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका १, निगुरादिनमा रहेको किरात हाङसाम फत्लासो तुङगुन वरक माङहिममा अनुगमन तथा प्रशिक्षण कार्यक्रममा सम्पन्न गरिएको थियो ।

अर्को दिन ताप्लेजुङको सिदिङवा गाउँपालिका वडा नं. ४, साब्लाखु कावेलीमा अवस्थित किरात कावेली शिवालय माङहिममा कार्यक्रम गरिएको थियो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको नेतृत्वमा रहेको तेस्रो चरणको अभियान कार्यक्रममा भदौं २३ गतेदेखि २७ गतेसम्म कोषाध्यक्ष कूलबहादुर लाओती, सह कोषाध्यक्ष सुकमाया पोमु लुङफुङवा, सदस्यहरु विष्णुमाया फुरुम्बो तुम्बाहाङफे, ज्ञानु केदेम टोलीमा रहनु भएको थियो भने, २८ गतेदेखि सदस्य पूर्णकार्की ढोली पनि सहभागि हुनु भएको थियो ।

२९ गते ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. २, खेजेनिममा अवस्थित किरात खाम्बुलिङ हाङसाम नाहाङमायक माङहिममा कार्यक्रम गरिएको थियो ।

भने, ३० गते ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ६, साँगुमा रहेको किरात तागेरा माङयोक माङहिम र फक्ताङलुङ गाउँपालिका वडा नं. ५, तापेथोकमा अवस्थित किरात इम्बिरी थाङवामा हाङसाम थेबा माङहिममा अनुगमन गरेर दुवै माङहिमको संयुक्त प्रशिक्षण कार्यक्रम फक्ताङलुङ गाउँपालिका हलमा सम्पन्न गरिएको थियो ।

अर्को दिन ताप्लेजुङको त्रिवेणी आठराई गाउँपालिका वडा नं. ५, चाँगेमा अवस्थित किरात थेबा माङहिममा कार्यक्रम गरिएको थियो ।

असोज १ गते ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. २, सान्थाक्रामा अवस्थित किरात मुजोत्लुङ युमा माङहिममा अनुगमन तथा प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

यसरी कायक्रम गर्ने क्रममा असोज २ गते ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ६, विहिबारेमा अवस्थित किरात हाङसाम माङहिममा अनुगमन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।

अर्को दिन ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. १०, फुरुम्बोमा अवस्थित किरात मुक्कुमलुङ मिङसो माङहिममा अनुगमन तथा प्रशिक्षण कार्यक्रम भएको थियो ।

भने, असोज ५ गते ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ४, तेल्लोकमा अवस्थित सिरिजङ्गा मिङसो हाङसाम माङहिम तथा सिरिजङ्गा गाउँपालिका वडा नं. ५, पेदाङमा अवस्थित किरात शाखा फक्ताङलुङ माङहिममा अनुगमन तथा प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

यसरी कायक्रम गर्ने क्रममा असोज ६ गते ताप्लेजुङको सिदिङबा गाउँपालिका वडा नं. ६, मेहेलेमा अवस्थित फाल्गुनन्द हाङसाम थेबा माङहिममा अनुगमन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।

सो माङहिम नजिककै महागुरु फाल्गुनन्दको पालामा निर्माण गरिएको किरात माङहिमको समेत अनुगमन गरिएको थियो ।

यसरी शाखा माङहिम अनुगमन तथा प्रशिक्षण कार्यक्रम अन्तर्गत ताप्लेजुङको कार्यक्रम सकेर असोज ७ गते पान्थर प्रवेश गरेको थियो ।

पान्थरको याङवरक गाउँपालिका वडा नं. २, फलैचामा अवस्थित किरात सन्तोष युमा माङहिममा अनुगमन तथा प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

त्यसको अर्को दिन फालेलुङ गाउँपालिका वडा नं. ३, मेमेङ ताङसेप्पामा अवस्थित किरात तागेरा निङ्वाभू माङहिम र फालेलुङ गाउँपालिका वडा नं. ३, मेमेङ थक्केपुङमा अवस्थित किरात थकेपुङ हाङसाम थेबा माङहिममा अनुगमन तथा प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

असोज ९ गते पान्थरको हिल्लीहाङ गाउँपालिका वडा नं. ५, सुभाङमा अवस्थित किरात फक्ताङलुङ मिङसो माङहिम र हिल्लीहाङ गाउँपालिका वडा नं. ६, गुँरासे भारपामा अवस्थित आत्मा पवित्र गुँरासे माङहिममा संयुक्त कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसको अर्को दिन याङवरक गाउँपालिका वडा नं. ५, काफ्लेटार थर्पुमा अवस्थित तियेङलुङ युमा माङहिम सिद्ध थेबा हाङसाम माङहिम र हिल्लीहाङ गाउँपालिका वडा नं. ३, गोपेटारमा अवस्थित आगेजङ किरात माङहिममा अनुगमन तथा प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

असोज ११ गते पान्थरको फिदिम नगरपालिका वडा नं. ५, चोकमागु, लब्रेकुटीमा अवस्थित किरात साङसेन वरक चोत्लुङ माङहिममा तेस्रो चरणको अन्तिम अनुगमन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरी अभियान टोली माङसेबुङ फर्केको थियो ।












