
माङसेबुङ/किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिक तीर्थस्थल माङसेबुङमा अवस्थित किरात हाङसाम मुजोत्लुङ माङहिम (केन्द्रीय माङहिम) को शाखा माङहिमहरु देश विदेशमा गरी करिब डेढ सयको संख्यामा निर्माण भई विश्व शान्ति तथा मानव एकताको लागि दैनिक सेवा पूजा हुँदै आएको छ । यी सबै माङहिमहरु छाता संगठन किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले रेखदेख गर्दै आएको छ । यसै शाखा माङहिमहरुको अवस्थाबारे बुझ्न र आवश्यक नीति निर्देशन गर्न किरात साम्यो हाङसाम मुजोत्लुङ माङहिम, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले धार्मिक जागरण अभियान मार्फत किरात माङहिमहरुको भ्रमण, अनुगमन र प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङ्मा लिङ्देनज्यूको धार्मिक उपदेश (सन्देश) लाई सबै भक्तजनसामु सुनाउँदै किरात धर्म सम्बन्धि समग्र जानकारी दिन अभियान कार्यक्रम सञ्चालन गरिएको अभियान टोलीका संयोजक तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भएको छ ।

यसरी माङहिम अनुगमन तथा धार्मिक प्रशिक्षण सञ्चालन गर्ने क्रममा चौथो चरणको माङहिम अनुगमन तथा धार्मिक प्रशिक्षण कार्यक्रम अन्तर्गत कार्तिक ९ गते इलामको जिल्ला चुलाचुली गाउँपालिका ४, पेल्टिमारीमा अवस्थित किरात हाङसाम युमा माङहिममा अभियान कार्यक्रम सम्पन्न गरिएको थियो । माङहिम अध्यक्ष राजेन्द्र तुम्रोकको अध्यक्षमा सम्पन्न कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति अध्यक्ष केहेरसिं योङहाङ, कोषाध्यक्ष कूलबहादुर लाओती, सह कोषाध्यक्ष सुकमाया पोमु लुङफुङवा, सदस्यहरु विष्णुमाया फुरुम्बो तुम्बाहाङफे, पूर्णकार्की ढोली, ज्ञानु केदेम लगायत रहनु भएको थियो ।

कार्तिक १० गते पान्थरको मिक्लाजुङ गाउँपालिका ७, लेखगाउँमा अवस्थित ओत तागेरा निङवाभू युक्ना मिङसो माङहिममा माङहिम अध्यक्ष मानबहादुर माखिमको अध्यक्षतामा अनुगमन तथा धार्मिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।

भने, ११ गते मिक्लाजुङ गाउँपालिका ५, कुरुम्बामा अवस्थित किरात हाङसाम थोपेचम्मा माङहिममा माङहिम अध्यक्ष टीकाराम लाओतीको अध्यक्षतामा अनुगमन तथा धार्मिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, माङगेन्ना कोषाध्यक्ष कूलबहादुर लाओती, सह कोषाध्यक्ष सुकमाया पोमु लुङफुङवा, सदस्यहरु विष्णुमाया फुरुम्बो, पूर्ण कार्कीढोली, दिल्लीबहादुर लाओती, ज्ञानु केदेम लगायतको उपस्थिति रहेको थियोे ।

अर्को दिन मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेमा अवस्थित किरात अङसीमाङ हाङसाम माङहिममा माङहिम अध्यक्ष रन्धोज कुरुम्बाङको अध्यक्षतामा अनुगमन तथा धार्मिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

भने, १२ गगते पान्थरको तुम्बेवा गाउँपालिका तुम्बेवामा अवस्थित तुम्बेवा हाङसाम माङहिममा माङहिम अध्यक्ष डम्बर लाओतीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । सोही दिन मिक्लाजुङ गाउँपालिका १, सराङडाँडामा अवस्थित किरातेश्वर हाङसाम थेबा माङहिममा पनि माङहिम अध्यक्ष देउकुमार आङदेम्बेको अध्यक्षतामा माङहिम अनुगमन तथा धार्मिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

कार्तिक १३ गते कुम्मायक गाउँपालिका २, माङजाबुङ, भञ्ज्याङमा रहेको महागुरु फाल्गुनन्दकालिन माङहिम किरात फाल्गुनन्द हाङसाम युमा माङहिम र कुम्मायक गाउँपालिका २, माङजाबुङ, लामाटारमा अवस्थित फाल्गुनन्द सरस्वती युमा माङहिममा अनुगमन गरी संयुक्त रुपमा कुम्मायक गाउँपालिका २, माङजाबुङ, मंगलडाँडामा रहेको किरात हाङसाम सेसेलुङ युमा माङहिममा माङहिम अध्यक्ष युवराज सेर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, माङगेन्ना कोषाध्यक्ष कूलबहादुर लाओती, सह कोषाध्यक्ष सुकमाया पोमु लुङफुङवा, सदस्यहरु विष्णुमाया फुरुम्बो, पूर्ण कार्कीढोली, ज्ञानु केदेम, थोलबहादुर सेर्मा, माङगेन्ना समिति पूर्व उपाध्यक्ष जिबी याक्थुङबा सेर्मा लगायतको उपस्थिति रहेको थियोे ।

त्यसैगरी माङहिम अनुगमन टोली संयोजक तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, माङगेन्ना कोषाध्यक्ष कूलबहादुर लाओती, सह कोषाध्यक्ष सुकमाया पोमु लुङफुङवा, सदस्यहरु विष्णुमाया फुरुम्बो, पूर्ण कार्कीढोली, ज्ञानु केदेम, इच्छा बहादुर चेम्जोङ लगायत टोलीले कार्तिक १४ गते कुम्मायक गाउँपालिका १, यासोकमा रहेको किरात कुम्मायक माङहिम र फाल्गुनन्द गाउँपालिका ६, मेहेलबोटेमा रहेको आत्माकोटी फाल्गुनन्द युमा माङहिममा अनुगमन सम्पन्न गरेको थियो । भने सोही दिन फाल्गुनन्द गाउँपालिका ६ र ७, आङसराङमा अवस्थित श्री माङ ओत्मा माङहिममा माङहिम अध्यक्ष लक्ष्मीबहादुर सेर्माको अध्यक्षतामा माङहिम अनुगमन तथा धार्मिक प्रशिक्षण कार्यक्रम भएको थियो ।

यसरी कार्यक्रम गर्दै जाने क्रममा कार्तिक १५ गते पान्थरको फाल्गुनन्द गाउँपालिका ५, डाँडागाउँ, फाक्तेपमा रहेको साम्बङगेन येत्लिहाङमा युमा माङहिम माङहिम अध्यक्ष बलिराज चेम्जोङको अध्यक्षतामा र फाल्गुनन्द गाउँपालिका ५, फाक्तेपमा अवस्थित किरात हाङसाम युमा माङहिममा माङहिम अध्यक्ष आङदेम्बे चन्द्रकुमारी नेम्वाङको अध्यक्षतामा अभियान कार्यक्रम सम्पन्न गरिएको थियो ।

पान्थर जिल्लाको अभियान कार्यक्रम अन्तर्गत अन्तिम दिन कार्तिक १६ गते फाल्गुनन्द गाउँपालिका ४, पुधामलुङ, चिलिङदेनमा रहेको किरात युमा तिगेजोङना नाम्सामी केसामी हाङसाम माङहिममा माङहिम अध्यक्ष सुकमान नेम्वाङको अध्यक्षतामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

त्यसपछि इलामको माई नगरपालिका वडा नं. ८, चेपेखोला, महमाईमा अवस्थित ओत् किरातेश्वर माङहिम इलाममा अनुगमन गरिसकेर माई नगरपालिका वडा नं. ८, बाघेचौरी, महमाईमा रहेको ओत् हाङसाम फाल्गुनन्द माङहिममा अनुगमन तथा धार्मिक प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

कार्तिक १८ गते माङहिम अध्यक्ष जयकुमार केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, माङगेन्ना कोषाध्यक्ष कूलबहादुर लाओती, सह कोषाध्यक्ष सुकमाया पोमु लुङफुङवा, सदस्यहरु विष्णुमाया फुरुम्बो, पूर्ण कार्कीढोली, ज्ञानु केदेम, मोहन देवान, देउबहादुर नेम्बाङ, माङगेन्ना समिति पूर्व सचिव नन्दकुमार नेम्वाङ लगायतको उपस्थिति रहेको थियोे ।

सोही दिन माई नगरपालिका वडा नं. ७, त्रिवेणी बस्ती, महमाईमा रहेको हाङसाम थेबा युमा वरक माङहिममा स्थानीय बुद्धिजीवि बोलीहाङ तुम्बापोको अध्यक्षतामा माङहिम अनुगमन तथा धार्मिक प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

भने, कार्तिक २३ गते इलामको माई नगरपालिका वडा नं. ६, पलाँसे, महमाईमा अवस्थित किरात हाङसाम माङहिममा माङहिम अध्यक्ष सुरवीर योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, माङगेन्ना उपाध्यक्ष हर्कवीर योङहाङ, कोषाध्यक्ष कूलबहादुर लाओती, सह कोषाध्यक्ष सुकमाया पोमु लुङफुङवा, सदस्यहरु विष्णुमाया फुरुम्बो, पूर्ण कार्कीढोली, ज्ञानु केदेम, मोहन देवान, माङगेन्ना समिति पूर्व सचिव नन्दकुमार नेम्वाङ लगायतको उपस्थिति रहेको थियोे ।


















