दोस्रो चरण : माङहिम अनुगमन तथा धार्मिक जागरण अभियान (फोटो फिचर)


माङसेबुङ/किरात हाङसाम मुजोत्लुङ माङहिमको शाखा माङहिमहरु देश विदेशमा गरी करिब डेढ सयको संख्यामा निर्माण भई विश्व शान्ति तथा मानव एकताको लागि दैनिक सेवा पूजा हुँदै आएको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले जनाएको छ ।

 

यसै शाखा माङहिमहरुको अवस्थाबारे बुझ्न र आवश्यक नीति निर्देशन गर्न किरात साम्यो हाङसाम मुजोत्लुङ माङहिम किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले जागरण अभियान मार्फत किरात माङहिमहरुको भ्रमण, अनुगमन र प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङ्मा लिङ्देनज्यूको सन्देशलाई सबै भक्तजनसामु सुनाउँदै किरात धर्म सम्बन्धि समग्र जानकारी दिन अभियान कार्यक्रम सञ्चालन गरिएको अभियान टोलीका संयोजक तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भएको छ ।

अभियान टोलीका प्रमुख वक्ता माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङका अनुसार मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको आज्ञा अनुसार माङगेन्ना सेवा समितिको प्रत्येक शाखा माङहिमहरुको अनुगमन र सञ्चालक समिति तथा भक्तजनहरुसँग भेटघाट गर्ने कार्यक्रमको रुपमा धार्मिक जागरण अभियान २०८३ लाई अगाडि बढाइएको हो ।

 

नेपालको विभिन्न जिल्लामा रहेको माङहिमहरुको भ्रमण साथै अनुगमन गर्ने कार्यक्रम गत साउन २१ गतेबाट गरी पहिलो चरणमा झापा, सुनसरी, उपत्यका र खोटाङ जिल्लामा रहेका किरात माङहिमहरुमा कार्यक्रम गरिएको थियो । भने, दोस्रो चरणको अभियान कार्यक्रममा भदौं ६ गते मोरङको विराटनगर महानगरपालिका वडा नं. १५ मा अवस्थित किरातेश्वर माङहिममा पहिलो दिनको कार्यक्रम गरेको थियो ।

 

यसरीनै भदौं ७ गते मोरङको पथरी शनिश्चरे नगरपालिका १० मा रहेको किरात युमा थेबा माङहिम, पथरी शनिश्चरे नगरपालिका १० मा रहेको किरातेश्वर बुढासुब्बा माङहिम, पथरी शनिश्चरे नगरपालिका ३ मा रहेको किरात हाङसाम युमा माङहिम र पथरी शनिश्चरे नगरपालिका ८ मा रहेको किरात फाल्गुनन्द युमा माङहिममा अनुगमन तथा प्रशिक्षण कार्यक्रममा सम्पन्न भएको थियो ।

भदौं ९ गते मोरङको उर्लावारी नगरपालिका १, लक्ष्मीझार आइतबारेमा रहेको किरात आत्मा पवित्रहाङमा मिङसो माङहिम, उर्लावारी नगरपालिका ६, उर्लाबारी बजारमा रहेको किरात आत्मानन्द मिङसो माङहिम र मिक्लाजोङ गाउँपालिका ३, टाँडी मोरङमा अवस्थित किरातेश्वर हाङसाम माङहिममा कार्यक्रम गरिएको थियो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको नेतृत्वमा रहेको दोस्रो चरणको अभियान कार्यक्रममा ९ गतेसम्म महासचिव शक्तिकुमार साँबा, सह सचिव ललितचन्द्र फियाक, कोषाध्यक्ष कूलबहादुर लाओती, सह कोषाध्यक्ष सुकमाया पोमु लुङफुङवा, सदस्यहरु विष्णुमाया फुरुम्बो तुम्बाहाङफे, पूर्णकार्की ढोली, ज्ञानु केदेम, किरात इङ्भो पान्जुम्भोका सदस्य योगेश लाओती लगायतको टोली रहेको थियो ।

 

भने, भदौं १० गतेदेखि अभियान टोलीमा संयोजक किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, कोषाध्यक्ष कूलबहादुर लाओती, सह कोषाध्यक्ष सुकमाया पोमु लुङफुङवा, सदस्यहरु विष्णुमाया फुरुम्बो तुम्बाहाङफे, पूर्णकार्की ढोली, ज्ञानु केदेम लगायत रहनु भएको थियो ।

 

भदौं १० गते मोरङको लेटाङ नगरपालिका ४, लेटाङ बजारमा रहेको किरात हाङसाम माङहिम, लेटाङ नगरपालिका ९, जाँतेमा रहेको किरात हाङसाम थेबा माङहिम र लेटाङ नगरपालिका ८, जाँतेमा रहेको किरात हाङसाम थेबा युमा माङहिममा प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

११ गते भने, मोरङको लेटाङ नगरपालिका ७, वाराङगीमा रहेको किरात हाङसाम माङहिम र केराबारी गाउँपालिका ७, मा अवस्थित मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्द मिङसो माङहिममा कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

भने, १२ गते धनकुटाको सागुरीगढी गाउँपालिका ५, फुकुदेनमा रहेको किरात फाल्गुनन्द हाङसाम युमा माङहिममा प्रशिक्षण गरिएको थियो ।

अर्को दिन धनकुटाको चौविसे गाउँपालिका ६, राजारानीमा रहेको किरात युमा साम्माङ माङहिममा प्रशिक्षण गरिएको थियो । भने, भदौं १४ गते मोरङको केराबारी गाउँपालिका १, पाटीगाउँमा अवस्थित मुहिङगुम किरातेश्वर हाङसाम फाल्गुनन्द मिङसो माङहिममा कार्यक्रम सम्पन्न गरिएको थियो ।

भदौं १५ गते धनकुटाको धनकुटा नगरपालिका ७, चुलीवनमा रहेको किरात युमासाम माङहिममा प्रशिक्षण गरिएको थियो ।

 

 

 

भने, सोही दिन धनकुटाकै छथर जोरपाटी गाउँपालिका वडा नं. १, हातिखर्कमा रहेको किरात हाङसाम माङहिम र सोही गाउँमा रहेको किरात युमा माङहिमको संयुक्त संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 


पहिलो चरण र दोस्रो चरणको सुरुमा ९ गतेसम्म किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका महासचिव शक्तिकुमार साँबाले अभियान कार्यक्रमको औचित्यबारे उपस्थित सबैलाई प्रकाश पार्नु भएको थियो भने, १० गतेदेखि दोस्रो र तेस्रो चरणको कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति सदस्य तथा किरात इङ्सेका सम्पादक ज्ञानु केदेमले औचित्य मन्तव्य राखेको थियो ।

यसैगरी अर्थ सम्बन्धि विविध जानकारी किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति कोषाध्यक्ष कूलबहादुर लाओती र धर्मको विशेषता र गुरु गुरुआमाको चिनारी विषयमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति सदस्य पूर्णकार्की ढोलीले आफ्नो भनाई राख्नु भएको थियो ।