किरात मुक्साम युमा माङहिम र लिङ्देन फाल्गुनन्द मिङसो माङहिममा कार्यक्रम सम्पन्न


दमक/किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले किरात मुक्साम युमा माङहिममा र लिङ्देन फाल्गुनन्द मिङसो माङहिममा कार्यक्रम सम्पन्न गरेको छ ।

 

माङगेन्ना सेवा समितिको शाखा माङहिमहरुको अनुगमन तथा समिति र भक्तजनहरुसँग धार्मिक अभियान कार्यक्रम अन्तर्गत विभिन्न शाखा माङहिमहरुको अनुगमन तथा धार्मिक प्रशिक्षण सञ्चालन गर्ने क्रममा समितिले आइतबार २ वटा शाखा माङहिमहरुमा कार्यक्रम गरेको हो ।

अभियान कार्यक्रमका प्रमुख वक्ता किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङको सन्देशलाई सबै भक्तजनहरुलाई सुनाउनु हुँदै माङगेन्ना समितिले अवलम्बन गरेको नीति कार्यक्रमबारे उपस्थित सबैलाई जानकारी गराउनु भएको थियो ।

 


प्रमुख वक्ता माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङका अनुसार मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको आज्ञा अनुसार माङगेन्ना सेवा समितिको प्रत्येक शाखा माङहिमहरुको अनुगमन र सञ्चालक समिति तथा भक्तजनहरुसँग भेटघाट गर्ने कार्यक्रमको रुपमा धार्मिक जागरण अभियान २०८३ लाई अगाडि बढाइएको हो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको नेतृत्वमा रहेको अभियान कार्यक्रममा महासचिव शक्तिकुमार साँबा, कोषाध्यक्ष कूलबहादुर लाओती, सह कोषाध्यक्ष सुकमाया पोमु, सदस्यहरु विष्णुमाया फुरुम्बो, पूर्णकार्की ढोली, कुसुम लिङ्देन, माङगेन्ना समिति सदस्य तथा किरात इङसे डट कमका सम्पादक ज्ञानु केदेमको उपस्थिति रहेको थियो ।

 

अभियान टोलीले चौथो दिन कन्काई नगरपालिका ७, मा अवस्थित किरात मुक्साम युमा माङहिममा र झापाको अर्जुनधारा नगरपालिका ३, खुदुनाबारीमा रहेको किरात फाल्गुनन्द मिङसो माङहिममा अनुगमन, निर्देशन तथा धार्मिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका महासचिव शक्तिकुमार साँबाले अभियान कार्यक्रमको औचित्यबारे उपस्थित सबैलाई प्रकाश पार्नु भएको थियो भने, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका कोषाध्यक्ष कूलबहादुर लाओती, सदस्य पूर्णकार्की ढोली, मुन्धुमी शिक्षा व्यवस्थापन समिति अध्यक्ष दुर्गा नेम्बाङ लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।

कार्यक्रमको पाँचौ दिन सोमबार बुद्धशान्ति गाउँपालिका ४, मा जुनेली बस्ती अवस्थित किरात हाङसाम युमा माङहिममा पहिलो चरणको अनुगमन कार्यक्रम हुनेछ । भने, दोस्रो चरणमा टिमाईमा रहेको किरात हाङसाम तुम्भेवा माङहिममा अनुगमन कार्यक्रम हुने भएको छ । त्यसपछि बुद्धशान्ति गाउँपालिका ४, मा टिमाईमा अवस्थित किरात हाङसाम थेबा माङहिममा अनुगमन र तीन वटैं माङहिमको संयुक्त आयोजनामा धार्मिक प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

 


पहिलो चरणको कार्यक्रम झापाको कन्काई नगरपालिका ७, मा अवस्थित किरात मुक्साम युमा माङहिममा माङहिम व्यवस्थापन समितिका अध्यक्ष धनपाल कन्दङवाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन माङहिम व्यवस्थापन समितिका सचिव हर्कबहादुर आङबोले गरेको थियो । दोस्रो चरणमा लिङ्देन फाल्गुनन्द मिङसो माङहिममा माङहिम व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद इङनामको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन माङगेन्ना समितिका केन्द्रीय सदस्य कुसुम लिङ्देनले गरेको थियो ।