माङसेवासाबा पाङभेलुङ पान्जुम्भो बेलडाँगीको अध्यक्षमा पुनः चोङबाङ निर्वाचित


माङसेबुङ/किरात साम्यो माङसेवासाबा पाङभेलुङ पान्जुम्भो बेलडाँगीको अध्यक्षमा पुनः पदम चोङबाङ निर्वाचित भएको छ ।

 

दमक ३ बेलडाँगीमा अवस्थित किरात माङपोक्लुङ माङहिममा शनिबार सम्पन्न कार्यक्रमले चोङबाङको नेतृत्वमा १५ सदस्यीय पान्जुम्भो गठन गरेको हो ।

किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावादेनको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । भने, विशेष अतिथि किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सदस्य चिरञ्जीवी खालिङ रहनु भएको थियो ।

 

यसरी गठित समितिको उपाध्यक्षद्धयमा बुद्धिमान तुम्बा खेवा र हङसमाया पतङ्वा, सचिव तिर्थमान चाम्लिङ राई, सह सचिव मकर धोज दुखुन राई, कोषाध्यक्ष धन बहादुर खेवा लिम्बू र सह कोषाध्यक्षमा सुक राज सिप्तुङखा राई निर्वाचित भएका छन् ।

यसरीनै सदस्यहरुमा छत्र बहादुर सोताङ राई, सुक्रराज तेन्युङ लिम्बू, खडक बहादुर चाम्लिङ राई, आस बहादुर लोहोरुङ राई, दल बहादुर सोङमेन, फिप राज तेन्युङ लिम्बू, जगत बहादुर खोमिङखा र जस बहादुर खाम्दाक लिम्बु लगायत चयन भएका छन् ।

 

किरात साम्यो माङसेवासाबा पाङभेलुङ पान्जुम्भो बेलडाँगीको अध्यक्षमा पुनः पदम चोङबाङको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।