
सुनसरी/किरात साम्यो माङसेवासाबा थुम पान्जुम्भो सुनसरीको दोस्रो सम्मेलनले कालेन्द्र लाओतीलाई अध्यक्षमा सर्वसहमत निर्वाचित गरेको छ ।
विहिबार सम्पन्न सम्मेलनले लाओतीको नेतृत्वमा ११ सदस्यीय थुम पान्जुम्भो गठन गरेको किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावादेनले जनाएको छ ।
यसरी गठित समितिमा उपाध्यक्ष चन्द्र पालुङवा, सचिव सुरेश पारघरी खजुम, सह सचिव हर्कराज ओख्राबु, कोषाध्यक्ष गंगा चोवेगु निर्वाचित भएका छन् ।

यसरीनै सदस्यमा धनकुमारी पन्धाक एभेङ, डाइमन राना मगर, कमल योङहाङ, राम योङहाङ, पूर्ण सम्बाहाङफे, सेसेहाङ सम्बाहाङफे लगायत चयन भएका छन् । भने, सल्लाहकार संयोजक धनपति चोङबाङ क्याक र रानाहाङ एभेङ र छविलाल एभेङलाई सल्लाहकार सदस्यमा चयन गरिएको जनाइएको छ ।
किरात साम्यो माङसेवासाबा थुम पान्जुम्भो सुनसरीका अध्यक्ष धनपति चोङ्वाङ क्याकको अध्यक्षता र किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष भगीहाङ नेम्बाङको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलन कार्यक्रममा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावादेन, सदस्यहरु बिष्णु चेम्जोङ, शिव कुमार इङ्नाम लगायत किरात धर्मजन्य संघ संगठनका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।













