
माङसेबुङ/किरात साम्यो नालिफूङवा पान्जुम्भोको २६ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । इलामको चुलाचुली गाउँपालिका ४ मा अवस्थित किरात हाङसाम युमा माङहिम परिसरमा मंगलबार पान्जुम्भोको स्थापना दिवस भव्यताका साथ मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, विशिष्ट अतिथि किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, विशेष अतिथि चुलाचुली गाउँपालिका उपाध्यक्ष दिलु लिम्बू, अतिथिहरु चुलाचुली वडा न ४ का वडा अध्यक्ष सागर जबेगु, किरात साम्यो नालिफूङवा मुजोत्लुङ पान्जुम्भोका पूर्व अध्यक्षद्धय वनेम विक्रम फागो र पृथीमान खालिङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

पान्जुम्भोको २६ औं स्थापना दिवससको अवसरमा नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोका पूर्व सचिव गुल्सन आङबुहाङलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । भने, नालिफुङ्वा जुझारु पुरुस्कार २०८३ बाट चुलाचुली गाउँपालिका नालिफुङ्वा अध्यक्ष सुबर्ण हाङसरुम्बा नालिफुङवा धनकुटा जिल्ला सचिव पेलिहाङमा चेम्जोङलाई सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।

माङलाङ केलाङ सहित विविध सांस्कृतिक कार्यक्रम गरी सम्पन्न कार्यक्रममा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका सचिव तथा गायक दिलिप माखिमले सांगीतिक प्रस्तुति समेत दिएको थियो ।

किरात साम्यो नालिफूङवा मुजोत्लुङ पान्जुम्भो अध्यक्ष शंकर केरुङको अध्यक्षतामा सम्पन्न २६ औं स्थापना दिवस कार्यक्रमलाई सचिब वाइसकुमार राईले सञ्चालन गरेको थियो भने, सदस्य सबिन साम्पाङ राईले स्वागत मन्तव्य राखेको थियो ।

किरात साम्यो नालिफूङवा मुजोत्लुङ पान्जुम्भो वि.स. २०५८ साल साउन १९ गते इलामको माङसेबुङमा आज भन्दा २६ वर्ष पहिले स्थापना भएको थियो ।

















