माङसेबङ/इलामको धार्मिक पर्यटकीय तीर्थस्थल माङसेबुङमा सात दिने उद्घोेषण तथा पत्रकारिता तालिम विहिबार सुरु भएको छ ।
माङसेबुङ ५ मा अवस्थित किरात साम्जिक मुन्धुम निसामहिमको सभाहलमा आयोजित तालिम असार १ गते देखि ७ गतेसम्म हुने आयोजक समितिले जनाएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष नरेन्द्र कुमार राई, किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका उपाध्यक्ष होम बहादुर लिङदेन लगायतले तालिम सफलताको शुभकामना दिएका थिए ।
भने, कार्यक्रममा माङगेन्ना सेवा समितिका सदस्य पुर्ण कार्की ढोली, किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङ, किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुभोका सचिव सञ्च सङबाङफे, किरात साम्जिक मुन्धुम निसाम हिमका तुमसिकसाम्बा ललित चन्द्र फियाक, उद्घोषण तालिमका प्रशिक्षक देशराज नेम्बाङ, सजन राई लगायतको उपस्थिति रहेको थियो ।
माङसेबुङ पब्लिकेशन एण्ड मिडिया प्रा लि र किरात इङ्भो पान्जुम्भोको आयोजना साथै माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित तालिममा पालिका भरिका २५ जनाको सहभागिता रहेको छ ।
सात दिने तालिममा पहिलो चरण अन्तर्गत ३ दिन उद्घोषण तालिम रहने जनाइएको छ । आयोजक समितिका अनुसार दोस्रो चरणमा ३ दिन पत्रकारिता तालिम र अन्त्यमा १ दिन सहभागी प्रशिक्षार्थी, स्थानीय जनप्रतिधि र सामाजिक धार्मिक व्यक्तित्वहरुबीच मिडिया सम्बन्धि अन्तरक्रिया कार्यक्रम समेत आयोजना हुने भएको छ ।
किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका अध्यक्ष समेत रहनुभएका किरात इङ्भो पान्जुम्भोको अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन माङसेबुङ मासिकका उप सम्पादक तथा किरात इङ्भो पान्जुम्भोका सचिव ज्ञानु केदेम र स्वागत मन्तव्य माङसेबुङ मासिक तथा माङसेबुङ न्यूज डटकमका सह–सम्पादक आन्छुमे नसानले गरेका थिए ।