
दमक/किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले झापाको बुद्धशान्ति गाउँपालिका ४, मा जुनेली बस्ती अवस्थित किरात हाङसाम थेबा माङहिममा धार्मिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

माङगेन्ना सेवा समितिको शाखा माङहिमहरुको अनुगमन तथा समिति र भक्तजनहरुसँग धार्मिक अभियान कार्यक्रम अन्तर्गत विभिन्न शाखा माङहिमहरुको अनुगमन तथा धार्मिक प्रशिक्षण सञ्चालन गर्ने क्रममा समितिले सोमबार ३ वटा शाखा माङहिमहरुमा अनुगमन सहित कार्यक्रम गरेको हो ।

अनुगमन कार्यक्रम अन्तर्गत बुद्धशान्ति गाउँपालिका ४, मा जुनेली बस्ती अवस्थित किरात हाङसाम युमा माङहिम, बुद्धशान्ति गाउँपालिका ४, मा टिमाईमा रहेको किरात हाङसाम तुमथेबा माङहिममा अनुगमन गरिएको थियो । त्यसपछि बुद्धशान्ति गाउँपालिका ४, मा टिमाईमा अवस्थित किरात हाङसाम थेबा माङहिममा अनुगमन र तीन वटैं माङहिमको संयुक्त आयोजनामा धार्मिक प्रशिक्षण कार्यक्रम गरिएको हो ।

अभियान कार्यक्रमका प्रमुख वक्ता किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङको सन्देशलाई सबै भक्तजनहरुलाई सुनाउनु हुँदै माङगेन्ना समितिले अवलम्बन गरेको नीति कार्यक्रमबारे उपस्थित सबैलाई जानकारी गराउनु भएको थियो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको नेतृत्वमा रहेको अभियान कार्यक्रममा महासचिव शक्तिकुमार साँबा, कोषाध्यक्ष कूलबहादुर लाओती, सह कोषाध्यक्ष सुकमाया पोमु, सदस्यहरु विष्णुमाया फुरुम्बो, पूर्णकार्की ढोली, कुसुम लिङ्देन, हस्तबहादुर चेम्जोङ, माङगेन्ना समिति सदस्य तथा किरात इङसे डट कमका सम्पादक ज्ञानु केदेमको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा किरात हाङसाम युमा माङहिम अध्यक्ष धनपाल लिङखिम, किरात हाङसाम तुमथेबा माङहिम अध्यक्ष अर्जुन कुमार लाओती, किरात हाङसाम थेबा माङहिम अध्यक्ष नन्दकुमार इधिङगो लगायतको उपस्थित भएका थिए ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका महासचिव शक्तिकुमार साँबाले अभियान कार्यक्रमको औचित्यबारे उपस्थित सबैलाई प्रकाश पार्नु भएको थियो भने, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका कोषाध्यक्ष कूलबहादुर लाओती, सदस्य पूर्णकार्की ढोली लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।

कार्यक्रमको छैठौ दिन मंगलबार बाहुनडाँगी ६, झापामा अवस्थित किरात हाङसाम फक्ताङलुङ कुबोराक माङहिममा पहिलो चरणको अनुगमन र प्रशिक्षण कार्यक्रम हुनेछ । भने, दोस्रो चरणमा कचनकवल बालुबारीमा रहेको किरात इक्सा माङहिममा अनुगमन कार्यक्रम हुने भएको छ । त्यसपछि भद्रपुर नगरपालिका पृथ्वीनगरमा टिमाईमा अवस्थित किरात नाम्बीनलुङ माङहिममा अनुगमन र धार्मिक प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

प्रमुख वक्ता माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङका अनुसार मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको आज्ञा अनुसार माङगेन्ना सेवा समितिको प्रत्येक शाखा माङहिमहरुको अनुगमन र सञ्चालक समिति तथा भक्तजनहरुसँग भेटघाट गर्ने कार्यक्रमको रुपमा धार्मिक जागरण अभियान २०८३ लाई अगाडि बढाइएको हो ।














