सिक्कुम ज्ञानु फुरुम्बो चरपे
युके/किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा आस्फोर्ड केन्टमा सामुहिक साक्मुरा वादेम्मा, आप्लुङगेन ताङसेप चोमेन तथा उभौली याक्वा सेवा सम्पन्न भएको छ ।
युकेको आस्फोर्ड केन्ट भिक्टोरिया पार्कमा ३१ मे २०२५ गते शनिवारका सम्पन्न सेवामा युके भरि छरिएर बसोबास गर्दै आएका किरात धर्मालवम्बीहरुको उपस्थिति रहेको थियो । युकेको विभिन्न स्थानमा बार्षिक आप्लुङगेन ताङसेप चोमेन सेवा निरन्तर हुँदै आएको छ ।
यस वर्ष पहिलो पटक युके भरिका किरात धर्मालवम्बीहरुको सहभागितामा आस्फोर्ड केन्टमा सेवा आयोजना गरिएको आयोजक समिति किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङले बताएको छ ।
कार्यक्रममा प्रमुख अतिथि आस्फोर्ड केन्ट बोरो काउन्सिका मेयर लिन सडड्रर्डस, विशेष अतिथि किरात याक्थुङ चुम्लुङका युकेका अध्यक्ष कमला सेन्दाङ रहनु भएको थियो । अतिथिहरुमा पहिचानवादी मोर्चा युकेका प्रमुख सचिव लाहाङ चेम्जोङ, किरात याक्थुङ चुम्लुङ युकेका पूर्व उपाध्यक्ष गणेश इजम, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष विश्वासदीप तिगेला, लिम्बुवान नागरिक समाज युकेका अध्यक्ष छत्र वनेम, किरात याक्थुङ चुम्लुङ आस्फोर्डका अध्यक्ष सुन्दर लिङथेप, किरात याक्थुङ चुम्लुङ फोक्टेनका ज्ञान बहादुर लिम्बु, गोर्खा पिस फाउण्डेशनका अध्यक्ष भीम तुम्वाहाङफे, किरात राई यायोक्खा आस्फोर्डका अध्यक्ष शिवानी लिम्बु, बिगेसका प्रतिनिधि सि.इ.ओ राजेन्द्र नेम्बाङ, एभरोष्ट सेक्रेटरी प्रोपाईटर गोकर्ण लिम्बू, सेमुक्तु, मुक्कुमलुङ संरक्षण युकेका सह कोषाध्यक्ष जितेन्द्र चेम्जोङ लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले आयोजना गर्दै आएको वार्षिक कार्यक्रम अन्तर्गत यस वर्ष आस्फोर्ड केन्टमा आयोजना गरिएको सेवाको व्यवस्थापन संयोजक निर्मल पतङवाले उपस्थित सबै अतिथिहरुलाई स्वागत गरेको थियो ।
युकेका माङसेवासाबा प्रमुख तथा किरात साम्यो माङसेवासाबा पान्जुम्भो युकेका अध्यक्ष मंगलसिं लिङ्देनको संयोजनमा युके भरिका माङसेवासाबा र माङसेवासामाहरुको सहभागितामा किरात साम्जिक मुन्धुम अनुरुप मुन्धुम वाचन गरी साक्मुरा वादेम्मा, उभौली याक्वा खिबेक्वा सेवा तथा विश्व शान्ति तथा मानव एकता सकल प्राणी रक्षार्थ लागि नाम्धुङ लाधुङ सेमी सेवा गरिएको थियो ।
किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङको अध्यक्षता रहेको सो कार्यक्रम सचिव पर्वत राई र सहसचिव टेक माबोहाङ निराजले सञ्चालन गरेको थियो ।
किरात धर्म दर्शनदाता, महान समाज सुधारक, राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनज्यूको सत्य मार्ग दर्शन साथै वर्तमान किरात धर्मगरु, गुरुआमाज्यूहरुको आज्ञालाई आत्मासाथ गर्दै किरात साम्जीक मुन्धुम र संस्कार अनुरुप आप्लुङगेन ताङसेप चोमेन, साक्मुरा वादेम्मा साथै उभौली याक्वा सेवा तथा विश्व शान्ति मानव एकता सकल प्राणी रक्षार्थका निम्ति विशेष नाम्धुङ, लाधुङ सेमी सेवा आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।