थकयाम ताङसेप्मा सेवा तथा भविष्यवाणी समारोह सम्बन्धि पत्रकार सम्मेलन

माङसेबुङ/विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंव दोस्रो माङइङघङ भविष्यवाणी समारोह आयोजनाबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

 

 

किरात धार्मिक तीर्थस्थल माङसेबुङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा आगामी जेठ तेस्रो साता आयोजना गरिएको सप्ताह व्यापी कार्यक्रमबारे जानकारी गराइएको छ ।

 


पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिए अनुसार विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंव दोस्रो माङइङघङ भविष्यवाणी समारोह आगामी जेठ १६ देखि २३ गतेसम्म सञ्चालन हुने छ ।

 

 

 

कार्यक्रम अन्तर्गत आगामी जेठ १६ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देननज्यूहरुको देवसमुपस्थितीमा माई, देउमाई र मेक्वा खोलाको संगमस्थल फुलुङगीमा बृहत साक्मुरा वादेम्मा सेवा हुने समारोह अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको भनाई छ ।

 

 

 

आयोजक समारोह अध्यक्ष योङहाङका अनुसार जेठ १७ र १८ गते किरात हाङसाम मुजोत्लुङ माङहिममा देवी देउराली, ताम्भुङ तेल्ला सेवा तथा युमामाङ, थेबामाङ र हिममाङ सेवा हुने छ । भने, जेठ १९ गते येत् नाम्धुङ लाधुङ सेमी सेवास्थल सजिसजावट हुने छ ।

 

 

यसैगरी जेठ २० गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देननज्यूहरुको देवसमुपस्थितीमा विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवाका लागि येत् नाम्धुड लाधुङसेमी सेवा सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

 

 

 

आयोजक समितिकाका अनुसार सेवा समारोह अन्तर्गत जेठ २१ र २२ गते विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंवम दोस्रो माङ इङघङ भविष्यवाणी २०८२ समारोहको तयारी गरिने भएको छ ।

 

सप्ताहव्यापी समारोह अन्तर्गत जेठ २३ गते विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंवम दोस्रो माङ इङघङ भविष्यवाणी समारोह समुद्घाटन साथै मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूबाट अमृतमय माङ इङघङ भविष्यवाणी प्रदान हुने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष योङहाङले किरात इङसेलाई बताएको छ ।

 

 

यसरी सप्ताहव्यापी आयोजना गरिएको सेवामा थकयाम ताङसेप्मा हाङसाम बुटि लिन इच्छुक भक्तजनहरुले आयोजकसँग सम्पर्क गरी प्रत्येक भक्तजनहरुले बुटि लिन सकिने समारोह आर्थिक संयोजक कूलबहादुर लाओतीले जनाएको छ ।