सिक्कुम फुरुम्बो चरपे
युके/किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्र्यि समिति युकेको आयोजनामा युकेको आस्फोर्ड केन्टमा किरात धर्मावलवम्बीहरुको सामूहिक आप्लुङगेन ताङसेप चोमेन माङगेन्ना सेवा सम्पन्न भएको छ ।
३० मार्च २०२५ आइतबारका दिन युकेको आस्फोर्ड केन्टमा बसोबास गर्दै आएका किरात धर्मावलवम्बीहरुको सामूहिक आप्लुङगेन ताङसेप चोमेन माङगेन्ना सेवा सम्पन्न गरिएको आयोजक किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष निर्मल पतङवाले बताएका छन् ।
किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङको प्रमुख आतिथ्य रहेको माङगेन्ना कार्यक्रममा विशेष अथितिहरुमा किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष केवाहाङ चेम्जोङ, सचिव पर्वत राई, प्रमुख माङसेवासाबा तथा सल्लाहकार मंगलसिं लिङ्देन र सल्लाहकार विश्वासदीप तिगेलाहरुको उपस्थिति रहेको थियो ।
किरात धर्मालवम्बीहरुको बाक्लो उपस्थितिमा आयोजित माङगेन्ना कार्यक्रम प्रमुख माङसेवासाबा मंगलसिं लिङ्देनले किरात साम्जिक मुन्धुम वाचन गरी भक्तजहरुको माङगेन्ना सेवा उठाई दिएका थिए । भने, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष निर्मल पतङवाको अध्यक्षतामा सम्पन्न सेवालाई सह सचिव निराज माबोहाङले सञ्चालन गरेका थिए ।
हरेक बर्ष युकेको विभिन्न स्थानमा बसोबास गर्दै आएका किरात धर्मालवम्बीहरुको सामुहिक आप्लुङगेन ताङसेप चोमेन माङगेन्ना सेवा किरात साम्जिक मुन्धुम संस्कार अनुसार हुने गरेको छ ।
गत वर्ष झै यस वर्ष पनि आस्फोर्ड केन्टमा रहेका किरात धर्मालवम्बीहरुको बाक्लो उपस्थितिमा साङदाङगेन्न वरुमसाबा र माङसेवासाबाहरुले सामुहिक रुपमा किरात साम्जिक मुन्धुम वाचन गरी माङगेन्ना गरिएको किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युके उपाध्यक्ष तथा सामुहिक माङगेन्ना सेवा कार्यक्रम केन्टका संयोजक निर्मल पतङवाले बताउनु भएको छ ।
विशेष गरी किरातीहरुले परम्परादेखि मौलिक रुपमा गर्दै आएका धार्मिक कर्म, संस्कार मध्ये माङगेन्ना एक महत्वपूर्ण कर्म संस्कार हो । माङगेन्ना भनेको शिर हो । शिरलाई सधै उच्च पवित्र राख्न माङसेवासाबाहरुद्वारा साम्जीक मुन्धुम वाचन गरेर माङगेन्ना उठाउने गरिन्छ ।
धार्मिक जनविश्वास र साम्जिक मुन्धुम अनुसार आत्मा रक्षाका लागि ६/६ महिनामा अथवा बर्षको २ पटक माङगेन्ना गर्नुपर्ने हुन्छ । यसरी माङगेन्ना गर्नाले आत्मा रक्षा हुनका साथै जीवनमा सुख, शान्ति हुने मुल्य मान्यता भएकोले हरेक बर्ष माङगेन्ना गरिने गरिन्छ ।