माङसेबुङ/माङसेबुङमा जारी १५ औं संस्करणको पवित्रहाङमा गोल्ड कप २०८१ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा रोयल स्पोर्टिङ क्लव दमक झापालाई टाईब्रेकरमा हराउँदै दिपेन्द्र शिखर फुटबल क्लव इलाम फाइनलमा प्रवेश गरेको छ ।
इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज (बुधबार) भएको दोस्रोे सेमिफाइनल खेलमा रोयल दमकलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै दिपेन्द्र शिखर इलाम उपाधि नजिक पुगेको हो ।
टाईब्रेकरमा इलामका सजिना कोइराला, रेविका पाण्डे, सोस्तिमा विक, शिमा घले र आशिका राईले गोल गरे । यसैगरी दमकका मनिषा चौधरी, अविका लावती, रेजिता मगर र कमला श्रेष्ठले गोल गरिन् भने विपासा धिमालको प्रहार इलामका गोल रक्षक भmरना नगरकोटीले विफल पारिन ।
खेलको प्लेयर अफ द म्याच रोयल स्पोर्टिङ क्लव दमक झापाका कमला श्रेष्ठ घोषित भईन । उनले नगद ३ हजार उनन्सत्तरी रुपैयाँ हात पारिन् । खेल निर्धारित समयमा एक–एक गोलको बराबरीमा सकिए पछि नतिजा टाईब्रेकरमा धकेलिएको हो । टाईब्रेकरमा इलाम भाग्यमानी सावित भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने ५६ औं भिनेटमा आसिका कार्कीको गोलमा रोयल दमकले सुरुवाती अग्रता लिएको थियो । तर ६५औं मिनेटमा सजिना कोइरालाले फ्रिकिक्बाट गोल गर्दै इलामलाई बराबरीमा फर्काएकी थिइन् ।
यस अघि दुवै टोलीबाट गोल गर्ने थुप्रै अवसरहरु प्राप्त गरेपनि गोल गर्नभने सकेन । इलामकी सोस्तिमा बिकले कम्तिमा पनि छ पटक सम्म गोल गर्ने अवसर प्राप्त गरे पनि जाली चुमाउन भने सकेन् । उनका लागि दमकका डिफेन्डर कमला श्रेष्ठ र गोल किपर शर्मिला मगर बाधक बनेका थिए । फाइनल प्रवेश गरेसँगै इलामले उपाधि भिडन्तमा कन्काई झापासँग भेट पक्का गरेको छ । फाइनल खेल भने फागुन २ गते हुनेछ ।
दिपेन्द्र शिखर फुटबल क्लव इलामका खेलाडीहरु
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् ।
महिला खेलकुद विकास र अङसीमामाङज्यूको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवद्र्धनका निम्ति कप आयोजना गरिएको यो प्रतियोगिता प्रदेश १ मा आयोजना हुँदै आएको महिला खेलकुद प्रतियोगितामा सर्वाधिक पुरस्कार राशीको गोल्ड कपको रुपमा रहेको अध्यक्ष आङबुहाङले जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिमहरुको सहभागी रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपालको माङसेबुङ गाउँपालिका इलाम, रोयल स्पोर्टिङ क्लब दमक झापा, मिक्लाजुङ फुटबल क्लब पान्थर, ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङ, पथरी शनिश्चरे खेलकुद समिति मोरङ, कन्काई नगरपालिका, झापा, दिपेन्द्र सिखर स्पोर्टस क्लब इलाम र पाहुना टोलीका रुपमा भारतको दिव्यशक्ति धोत्रे, दर्जिलिङको सहभागिता रहेको छ ।
रोयल स्पोर्टिङ क्लव दमक झापाका खेलाडीहरु
प्रतियोगिताका विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् ।यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ कराँतेरतेक्वान्दो म्याराथन, म्युजिकल चेयर, हाँडी फुटाउने, गाग्री दौड, फुलमाला दौड, तान बुन्ने, चम्चा दौड, सियोधागो उन्नेलगायतका लगायतका खेलहरु समेत संचालन हुनेछ ।
आत्मा पवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।