आत्मानन्द कप : आयोजकलाई पराजित गर्दै दमक सेमीफाइनल प्रवेश

माङसेबुङ/दमक भाङबारी स्पोर्टिङ युथ क्लब झापा आत्मानन्द गोल्ड कप २०८१ अन्तरर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

 

 

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा सोमबार भएको खेलमा आयोजक (युथ अफ माङसेबुङ) इलाममाथि ४–१ को सानदार जित निकाल्दै राष्ट्रिय खेलाडी र ए डिभिजन क्लवका खेलाडीहरुको वर्चस्व रहेको टिम दमक भाङबारी सेमीफाइनलमा प्रवेश गरेको हो ।

 

 

 

दमकको जितमा पेमा तामाङ, देवेन्द्र तामाङ, रोहन भुजेल र गिल्सन कन्दङवा लिम्बूले गोल गरे थिए । आयोजकका लागि भने एक मात्र गोल आसाङ योङहाङले फर्काए थिए ।

 

 

खेलको पहिलो हाफको १२ औं मिनेटमा पेमा तामाङको गोलमा दमकले अग्रता बनायो । तर, खेलको दोस्रो हाफको ४५ औं मिनेटमा आयोजकका आसाङ योङहाङले गोल गर्दै खेल बराबरीमा फर्काए ।

 

 

 

त्यसपछि खेलको अन्त्यतिर दमकका देवेन्द्र तामाङले गोल गर्दै अग्रता २–१ को बनायो । खेलको इन्जुरी समयमा रोहन भुजेल र गिल्सन कन्दङवा लिम्बूले लगातार गोल गर्दै दमकलाई ४–१ को जित दिलाए ।

 

खेलको मेन अफ दी म्याच दमक झापाका राष्ट्रिय खेलाडी समेत रहेका देवेन्द्र तामाङ घोषित भए । उनले ट्रफी र नगद ५ हजार ७१ रुपैयाँ हात पारे । यसैगरी भोलि मंगलबार दुधे युथ क्लब झापा र चुलाचुली स्पोर्टिङ क्लब झापाबीच प्रतिस्पर्धा हुने आयोजक आत्मा पवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

 

 

 

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिमहरु सहभागी हुनेछ । जसमा आयोजक युथ अफ माङसेबुङ, माङसेबुङ गाउँपालिका इलाम, तिजोक यूवा क्लब पाँचथर, दुधे यूथ क्लब झापा, चुलाचुली स्र्पोटिङ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, दमक भाङबारी स्पोर्टिङ क्लब झापा र भारतबाट एम।एफ।सि। दार्जिलिङ पाहुना टोलीको रुपमा सहभागी रहेका छन् ।

 

 

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा मंसिर ९ देखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

 

 

 

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाईलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

 

 

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ ९छेलो हान्ने०, लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।

 

 

 

आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता सञ्चालन हुनेछ ।

 

खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।