आत्मानन्द कप १७औं संस्करणको तयारी पूरा, उद्घाटनमा माङसेबुङ र सिरिजङगा मोरङ भिड्दै

माङसेबुङ/इलामको धार्मिक पर्यटकीय तीर्थस्थल माङसेबुङमा ‘आत्मानन्द गोल्ड कप २०८१’ अन्तरर्राष्ट्रिय फुटबल प्रतियोगिता भोलिबाट सुरु हुँदैछ ।

 

 

 

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा भोलि आइतबारदेखि १७औं संस्करणको आत्मानन्द गोल्ड कप खेलकुद प्रतियोगिता सुरु हुने भएको हो ।

 

 

 

 

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा मंसिर ९ देखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने खेलकुद कार्यक्रमका संयोजक आत्मापवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।  प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिमहरु सहभागी हुने संयोजक आङबुहाङले जानकारी दिए ।

 

 

 

प्रतियोगितामा नेपालको आयोजक युथ अफ माङसेबुङ, माङसेबुङ गाउँपालिका इलाम, तिजोक यूवा क्लब पाँचथर, दुधे यूथ क्लब झापा, चुलाचुली स्र्पोटिङ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, दमक भाङबारी स्पोर्टिङ क्लब झापा र भारतबाट एम।एफ।सि। दार्जिलिङ पाहुना टोलीको रुपमा खेलमा सहभागी हुने निश्चित भएको समितिले जनाएको छ ।

 

 

 

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् ।यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाईलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

 

 

 

 

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ ९छेलो हान्ने०, लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत सञ्चालन हुनेछ । आत्मा पवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता सञ्चालन हुनेछ ।

 

 

 

यसैगरी भोलि हुने उद्घाटन खेल भन्दा अगाडी सञ्चारकर्मी र शिक्षकहरुबीच मैत्रीपुर्ण खेल समेत हुने आयोजक समितिले जनाएको छ । खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।