युकेमा महागुरु फाल्गुनन्द लिङदेन जन्मजयन्ती यसरी मनाईयो


सिक्कुम फुरुम्बो चरपे
युके/किरात धर्मदर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनज्यूको १४० औं जन्मजयन्ती भव्यताका साथ मनाईयो ।

 

 

गत आइतबार किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा विभिन्न कार्यक्रम गरी महागुरु फाल्गुनन्द लिङदेनज्यूको १४० ओै जन्मजयन्ती बेलायतको रग्बी शहरमा सम्पन्न गरिएको हो ।

 

 

हरेक वर्ष युकेको विभिन्न स्थानमा महागुरु फाल्गुनन्द लिङदेनज्यूको जन्मजयन्ती मनाइँदै आएकोमा यो वर्ष भने बेलायतको रग्बी शहरमा मानिएको आयोजक सस्था किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङले जनाएको छ ।

 

 

नेपाली राजदुत कार्यवाहक विपिन दुवाडीको प्रमुख आतिथ्य रहेको जन्मजयन्ती कार्यक्रममा अतिथीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे, रग्बी बोरो काउन्सिलका मेयर मिस्टर साइमन वार्ड, किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष श्रीमती कमला सेन्दाङ, लोकतान्त्रिक राष्ट्रिय मञ्च सङ्घीय उपाध्यक्ष तथा सङ्घीय लोकतान्त्रीक सामाजिक मञ्च युकेको अध्यक्ष श्रीमती शर्मिला यक्सो हुक्पा चोङ्बाङ, नेपाली समाज ननिटोन अध्यक्ष श्रीमती लीला लिम्बु, किरात याक्थुङ चुम्लुङ शाखा वारविक्कसैयर उपाध्यक्ष श्री दुर्गा खापुङ, केवा सि केन्द्र भुपु उपाध्यक्ष तथा समाजसेवी श्रीमती नर कुमारी वनेम लिम्बु, संघीय लोकतान्त्रीक सामाजिक मञ्च युकेको उपाध्यक्ष श्री पर्सुराम राई, फाल्गुनन्द समाजका सल्लाहकार दिल सम्वाहाङफे लगायतको उपस्थिती रहेको थियो ।

 

 

 

प्रमुख अथितिबाट दीप जलनसँगै राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनज्यूको तस्विरमा माल्यार्पण गरी कार्यक्रमको उदघाटन गरिएको थियो भने किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष तिल बिक्रम लावतीले स्वागत मन्तब्य राख्नु भएको थियो । भने, संघका सहकोषाध्यक्ष कुमुद लिम्बुले महागुरु फाल्गुनन्द लिङदेनज्यूको जीवनी प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा किरात साम्यो नालीफुङवा पान्जुम्भो युकेका अध्यक्ष प्रिया खिम्दिङको नेतृत्वमा माङलाङ केलाङद्वारा अतिथिहरुलाई स्वागत गरिएको थियो ।

 

 

 

कार्यक्रममा वत्तलाहरुले शुभकामना मन्तव्य राख्नेक्रममा महान समाज सुधारक, राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनज्यूको अध्यात्मिक मार्ग दर्शन, दुर्दशिता, विश्व शान्ति मानव एकताको विषयमा चर्चा गरेका थिए। उहाँले समाजमा गर्नुभएको धार्मिक, सामाजिक, सांस्कृतिक, भाषि, आर्थिक, परिवर्तनको लागि दिन रात, भोक, प्यास नभनि लाग्नु भएको महागुरुको यो महान कार्यले गर्दा आज महागुरु फाल्गुनन्द लिङदेनलाई स्वदेश, बवदेशमा हरेक बर्ष सम्झिने गरिएको भनि वक्ताहरुले आफ्ना धाराणा राखेका थिए ।

 

 

 

 

प्रत्येक बर्ष युकेको विभिन्न स्थानमा छरिएर बसेका किरात धर्मावलवम्बीहरु तथा शुभचिन्तक महानुभावहरुको बाक्लो उपस्थितीमा विविध कार्यक्रम सहित महागुरु फाल्गुनन्द लिङदेनज्यूको जन्मजयन्ती मनाईने गरिएको आयोजकले जनाएको छ । यश वर्ष पनि १४० ओै जन्मजयन्ती कार्यक्रममा शुभकामना आदानप्रदान कार्यक्रमसँगै युकेका प्रमुख माङसेवासाबा मंगलसिं लिङदेनको संयोजनमा माङसेवासाबा, माङसेवासामाहरुद्वारा किरात साम्जिक मुन्धुम बाचन गरी विश्व शान्ति मानव एकता, सकल प्राणी रक्षार्थका येत् नाम्धुङ लाधुङ सेमी सेवा आयोजना गरी मनाइएको हो ।

 

 

 

आफ्नो सांगीतिक यात्रामा बेलायत पुगेका गायक ब्रबिम सेर्मा र गायिका गंगा फियाकद्वारा सिवाखाहुन र पालाम, हाक्पारे गीत प्रस्तुत गरिएको कार्यक्रमको अध्यक्षता किरात धर्म तथा साहित्य उत्थान राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङले गर्नु भएको भने संघका सचिव पर्वत राईले सञ्चालन गरेका थिए ।