राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द कपको तयारी पूरा


माङसेबुङ/किरात धर्मदर्शनदाता, महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४० औं जन्मजयन्तीको अवसरमा कातिक १९ देखि २५ गतेसम्म सञ्चालन हुने दोस्रो महागुरु फाल्गुनन्द कप प्रतियोगिताको तयारी पूरा भएको छ ।

 

 

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भोलि सोमबार (१९ गते) देखि दोस्रो महागुरु फाल्गुनन्द कप २०८१ खेलकुद प्रतियोगिता सुरु हुँदैछ ।

 

 

अपरान्ह १ बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आशिस स्पोर्टिङ क्लव र एनवाईसी चुक्चिनाम्बाबीच हुने र दोस्रो खेल युथ अफ माङसेबुङ र मिक्लाजुङ ५ बीच हुने खेलकुद प्रतियोगिताका आयोजक युथ अफ माङसेबुङका अध्यक्ष विवेक वनेम फागोले बताएका छन् ।

 

 

प्रतियोगितामा आशिस स्पोर्टिङ क्लव र एन.वाई.सी. चुक्चिनाम्बा, युथ अफ माङसेबुङ, मिक्लाजुङ ५, महमाई एफसी, एम.आर.सी. एफ.सी., धरान वारियर्स एफ.सी., सिङफेरे एफ.सी., आयोजक, चतरे भेट्रान्स, ब्रदर्श युनाईटेड एफ.सी. र बेङडाँडा एफ.सी. दुधे गरी १२ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

 

प्रतियोगिताको विजेता टिमले नगद ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् । उपविजेताले टिमले नगद २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल खेल कातिक २५ गते हुनेछ ।