युकेमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द जन्मजयन्ती भव्य मनाइदै

सिक्कुम ज्ञानु फुरुम्बो लिम्बू चरपे
युके/किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय बवभूति महिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनज्यूको १४० औं जन्मजयन्ती कार्यक्रम आगामी १० नोम्भेवर २०२४ आईतबारका दिन बेलायतको रग्बी वारविक्शायरमा भब्य रुपमा मनाइने तयारी भइरहेको छ ।

 

 

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा हुन गइरहेको सो जन्मजयन्ती कार्यक्रममा युकेका लागि नेपाली राजदुतको प्रमुख आतिथ्य तथा स्थानीय जनप्रतिनिधि साथै विभिन्न सामाजिक संघ, सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न हुने किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङले बताउनु भएको छ ।

 

 

 

हरेक बर्ष बेलायतको विभिन्न ठाउँमा बसोबास गर्दै आइरहेका किरात धर्मलवम्बी लगायत शुभचिन्तक महानुभावहरुको बाक्लो उपस्थितिमा हुने महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम यसपाली पनि विगत झै भब्य र सभ्य तरिकाले कार्यक्रम हुने कार्यक्रम ब्यबस्थापन संयोजक तिलबिक्रम लाओतीले जानकारी दिएका छन् ।

 

 

 

सो जन्मजयन्ती कार्यक्रमको अवसरमा सम्पूर्ण माङसेवासाबा, माङसेवासामा साङदाङगेन्न वरुम्मसाबा र साङदाङगेन्न वरुम्मसाबासामा लगायत किरात धर्मावलम्बी भक्तजनहरुको उपस्थितिमा किरात साम्जिक मुन्धुम बाचन गरेर विश्व शान्ति मानव एकता सकल प्राणी रक्षार्थका निम्ति किरात साम्जीक मुन्धुम बाचन गरी विशेष सेवा गरिने बेलायतका प्रमुख माङसेवासाबा तथा सल्लाहकार मंगलसिं लिङदेन बताएका छन् ।

 

 

राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनज्यूको जन्म १९४२ साल कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको माङसेबुङ गाउँपालिका चुक्चिनाम्बा गाउँमा जन्मनु भएका थियो । उहाँले लामो समय देखि किरात समाजमा भएका बिकृति, बिसंगीका बिरुद्व महान अभियान्ता भएर लडनु भएको थियो ।

 

 

 

समाजमा भएका कुमार्ग कुसंस्कारलाई अन्त्य गर्न १० लिम्बुवान १७ थुमको सुब्बा सुभाङगी गन्यमान्य भद्रभलादमीहरुको बृहत उपस्थितिमा महाचुम्लुङ गरेर ७ बुदेँ सत्यधर्म मुचुल्का निमार्ण गर्नु भएको थियो भने सामाजिक धार्मिक सुधार कार्यमा निरन्तर हिडने क्रममा बि.स २००५ सालमा ६३ बर्षको उमेरमा देहान्त भएको थियो । उनै महान मानव युग पुरुष महान समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनज्यूको १४० औं जन्मजयन्ती कार्यक्रम विश्व भरि मनाउने कार्यक्रम रहेको छ ।