काठमाडौं/विश्व शान्ति तथा मानव एकता र चराचर सृष्टि जगतको रक्षार्थ किरात साम्जिक मुन्धुम अनुसार वर्षेनी आयोजना हुँदै आएको उपत्यका ब्यापी मुवेक्वा सेवा (उधौली सेवा) तथा साक्मुरा वादेम्मा (गालिश्राप बहन्ती) यसपटक पनि वृहत रुपमा सम्पन्न भएको छ ।
गत कार्तिक ६ गते मंगलबारको दिन पशुपतिको गुह्येश्वरी किनारमा आयोजित मुवेक्वा सेवामा साक्मुरा वादेम्मा, कुदाप कुई, युमामाङ, हिममाङ, थेबामाङसँगै येत नाम्धुङ लाधुङ सेमी सेवा गरिएको थियो ।
किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भो उपत्यका समिति र किरात धर्म तथा साहित्य उत्थान संघ उपत्यका समितिको संयुक्त आयोजनमा सम्पन्न सेवामा करिब ३ सय बढी श्रद्वालु भक्तजनहरुको उपस्थिति रहेको थियो ।
सेवामा साङ्दाङगेन वरुमसाबाहरु यामकुमार नेयोङहाङ, रनबहादुर योङ्हाङ, चन्द्रहरी चेम्जोङ, शान्ती आङ्बुहाङ र माङ्सेवासाबाहरु मानबहादुर तबेबुङ, मदन खालिङ, देउमान थोप्रा, राजा माबोहाङ, गणेश पयाङगु, बिक्रम थुलुङ, सूर्य मादेन, रचना थेबे, दीप बबहादुर थुलुङ लगायतका माङ्सेवासाबाहरुले मुन्धुम वाचन गर्नुभएको थियो ।
बृहत मुवेक्वा सेवा (उधौली सेवा) मा सहयोग पुर्याउने सहयोगी, सौजन्यदाता, माङ्सेवासाबा, स्वयंसेवक लगायतलाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।