माङसेबुङ/किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको ४५ औं स्थापना दिवस तथा सातौं केन्द्रीय सम्मेलन कार्यक्रमको तयारी सुरु गरिएको छ ।
पान्जुम्भोको केन्द्रीय सम्मेलन आगामी असोज २२ गतेदेखि २६ गतेसम्म किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिकस्थल इलामको माङ्सेबुङ्मा आयोजना गरिएको पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताएका छन् ।
पान्जुम्भोका अध्यक्ष केदेमका अनुसार सम्मेलनको पहिलो दिन बुधबार (असोज २३ गते) साक्मुरा वादेम्मा गरिने छ । भने, बिहिबार २४ गते किरात हाङसाम मुजोत्लुङ माङहिममा येत लाधुङ नाम्धुङ सेमी सेवा सञ्चालन गरिने छ ।
त्यसैगरी शुक्रबार असोज २५ गते पान्जुम्भोको सातौं केन्द्रीय सम्मेलन तथा ४५ औं स्थापना दिवस कार्यक्रम समुद्घाटन, किरात धर्ममा योगदान पु¥याउने अग्रज व्यक्तित्वलाई अभिनन्दन तथा पान्जुम्भोका कलाकारहरुको सम्मान, शुभकामना मन्तव्य साथै विविध सांस्कृतिक कार्यक्रम गर्ने र २६ गते बन्द सत्रमा पान्जुम्भोको प्रगति प्रतिवेदन, किरात सस्कृति विषयक कार्यपत्र प्रस्तुत साथै पारित गर्दै नयाँ समिति गठनपछि विदाई हुने पान्जुम्भोका उपाध्यक्ष आइन्द्र थेगिमले जनाएको छ । सम्मेलन सम्पन्न पार्न आवश्यक जिम्मेवारी विभाजन गरी सम्मेलन तयारीको काम धमाधम भइरहेको आयोजकले जनाएको छ ।
मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दको माङसिवाखाहुन र किरात धर्म दर्शनलाई अक्षरस पालना गर्दै मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा मुहिङगुम अङसीमामाङ सा“बा पवित्रहाङमा लिङदेनज्यूहरुद्धारा सृजना गरिएका गीत संगीतहरुको संरक्षण गर्न र किरात मौलिक संस्कार संस्कृतिहरुलाई संरक्षण गर्दै विश्वव्यापी प्रचार–प्रसार गर्ने उद्देश्यले अङसीमाङ अङसीमामाङहरुको समुपस्थितीमा वहा“हरुकै निर्देशनमा वि.स. २०३७ साल असोज २५ गते केन्द्रीय किरात सांस्कृतिक समितिको स्थापना भएको थियो ।
किरात धर्म सम्बद्ध सांस्कृतिक समितिले स्थापना यता निरन्तर किरात धार्मिक जागरणका सन्देशमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यसरी अघि बढ्दै आउनेक्रममा ५८ सालमा संगठनको नाम रुपान्तरण गरी किरात साम्यो साक्थिम्गेन यक्पाङगेन पान्जुम्भो (किरात धर्म सांस्कृतिक राष्ट्रिय समिति) बनाइएको थियो । त्यसमा पुन संशोधन गरी किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो (किरात धर्म सांस्कृतिक केन्द्रीय समिति) नामाकरण गरिएको थियो ।