युकेको स्विडण्नमा खिबेक्वा याक्वा सेवा भव्य मनाइँदै


ज्ञानु फुरुम्बो ‘चरपे’

युके/किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा स्विडण्नमा उभौली खिबेक्वा याक्वा सेवा आप्लुङगेन ताङसेप चोमेन सेवा हुने भएको छ ।

 

 

२५ मे २०२४ शनिवारका दिन हुने खिबेक्वा याक्वा आप्लुङगेन ताङसेप चोमेन सेवामा युकेको विभिन्न ठाउँमा बसोबास गर्दै आएका सम्पूर्ण किरात धर्मालवम्बी तथा शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा सेवा हुने संयोजक तथा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष नन्दा चेम्जोङले जानकारी दिएका छन् ।

 

 

 

 

विगत लामो समयदेखि हरेक बर्ष युकेमा बस्ने सम्पूर्ण किरात धर्मालवम्बीहरुले मौलिक परम्परा अनुसार खिबेक्वा याक्वा सेवा तथा, आप्लुङगेन, ताङसेप चोमेन सेवा साथै विश्व शान्ति मानव एकता सकल प्राणी रक्षार्थ र विश्व मानव जगत कल्याणका लागि किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समितिले आयोजना गर्दै आएको कार्यक्रम मध्ये खिबेक्वा याक्वा सेवा पनि एक महत्वपूर्ण कार्यक्रम भएको किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतका अध्यक्ष राजेन्द्र खिम्दिङले बताए ।

 

 

 

यस सेवा कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि लगायत विभिन्न समाजिक संघ संस्थाका प्रतिनिधीहरुलाई अथितिको रुपमा बोलाएर किरात धर्म दर्शन, संस्कार, सांस्कृतिक र महागुरु फाल्गुनन्दका महा उपदेश, मार्ग दर्शन तथा बर्तमान किरात धर्म गुरु गुरुआमाहरुको मार्गदिशा र खिबेक्वा याक्वा सेवाको महत्व, बिशेषताको बारेमा बिगतका दिनहरु देखि सुनाउने गरिएकोले यो पटक पनि कार्यक्रमको सधैं कै ढाँचामा खिबेक्वा, याक्वा, ताङसेप सेवा सञ्चालन हुने अध्यक्ष खिम्दिङले बताएका छन् ।

 

 

 

किरात साम्जिक मुन्धुम, संस्कार विधि अनुरुप हुने सेवा कार्यक्रममा साक्मुरा वदेमा, पाखामाङ, साम्माङ, च्याङ ताम्भुङ तेला, सावायकोक्मा, सावा येत्वरक, हिममाङ, थेबा, युमा माङ, अवामा, सावायेत माङ, साम्माङ, च्याङहरुको सेवाका साथै लाधुङ नाम्धुङ सेवी सेवा जस्ता महत्वपूर्ण सेवा माङसेवासाबाद्वारा किरात साम्जिक मुन्धुम हेना (बाचन) हुने किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतका सल्लाहकार तथा माङसेवासावा बिभागीय प्रमुख मंगलसिं लिङदेनले बताए ।

 

 

 

 

स्विडण्नमा हुन गइरहेको खिबेक्वा याक्वा आप्लुङगेन ताङसेप चोमेन सेवालाई सफलतापूर्बक सम्पन्न गर्न किरात धर्म साहित्य उत्थान सघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष लाल लिङदेन, उपाध्यक्ष नन्दा चेम्जोङ, संस्थाका प्रमुख सल्लाकार रामकुमार सिंथेबे, आशा थोप्रा, लगायत स्विडण्न बासी भक्तजनहरुको विशेष ब्यबस्थापनमा सेवा कार्यक्रम हुने भएको छ ।

 

 

 

 

बिहान ६ बजेबाट माङसेवासावा, माङसेवासामाहरुद्वारा किरात साम्जिक मुन्धुम बाचन गरि उभौली याक्वा खिबेक्वा सेवा प्रारम्भ हुने छ ।