माङसेवासाबा थुम पान्जुम्भो मोरङका समितिलाई सपथ ग्रहण तथा मनोनय पत्र वितरण

मोरङ/किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो मोरङका नवनिर्वाचित समितिका पदाधिकारी एवम् सदस्यहरुलाई सपथग्रहण तथा मनोनयन पत्र वितरण गरिएको छ ।

 

 

शुक्रबार मोरङको पथरी शनिश्चरे १, शिविर डाँडामा अवस्थित किरात हाङसाम माङहिममा भएको भेलाले गत बैशाक १० गते सम्पन्न किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो मोरङको पाचौं अधिवेशनवाट नवनिर्वाचित समितिका पदाधिकारी एवम् सदस्यहरुलाई सपथग्रहण तथा मनोनयन पत्र वितरण गरिएको हो ।

 

 

 

सो कार्यक्रम तुम माङसेवासावा तेजवहादुर थलङ(मनप्रसाद)को प्रमुख आतिथ्यमा, किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका सचिव सञ्चहाङ सङबाङफे, कोषाध्यक्ष प्रकाश सावादेन र किरात धर्म तथा साहित्य उत्थान संघ मोरङ जिल्ला अध्यक्ष रामभक्त कुरुम्बाङको विशेष आतिथ्यमा माङसेवासावा थुम पान्जुम्भो मोरङका नवनिर्वाचित अध्यक्ष पदम नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

माङसेवासावा थुम पान्जुम्भो मोरङको पाचौं अधिवेशनवाट पदम नेम्बाङको अध्यक्षतामा १५ सदस्यीय नवकार्य समिति चयन गरेको थियो । नवनिर्वाचित उपाध्यक्षमा धर्मराज खजुम, राजेन्द्र आङदेम्बे र बुद्धीमान चेम्जोङ, सचिवमा फिपराज बेघा, सहसचिवमा विष्णु कुमार चेम्जोङ, कोषाध्यक्षमा दिलकुमारी सिंगक र सह कोषाध्यक्षमा धनबहादुर थेगिम रहेका छन् ।

 

 

 

यसैगरी सदस्यमा टेकवीर तुम्बाहाङफे, भिम थलङ लिम्बू, हरी तुम्सा लिम्बू, भक्त बहादुर, विना खजुम राई, डिल्ली चाम्लीङ राई र साईन बहादुर ईवाहाङ रहेका छन् । यस्तै सल्लाहकारमा मानबहादुर सङबाङफे, चन्द्रबहादुर आङबुहाङ, लालबहादुर खापुङ, उतारबहादुर तुम्सा र लोकबहादुर माङलाक रहेका छन् ।

 

 

 

कार्यक्रममा धनबहादुर चेम्जोङ, धनबहादुर थलङ, लक्षीनहाङ चेम्जोङ, मेमबहादुर मादी, गणेशबहादुर चेम्जोङ, खेमराज तुम्बापो र वीरहाङ साँबा लिम्बू साथै किरात हाङसाम माङहिमका पथरीशनिश्चरेका अध्यक्ष शम्सेर थरेपा राईको समेत उपस्थिति रहेको थियो ।