मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङद्धारा माङसेबुङबाट मतदान

माङसेबुङ/इलाम क्षेत्र नं २ मा भइरहेको उपनिर्वाचनमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूले सरस्वती माबि भालुटारबाट मतदान गर्नुभएको छ ।

 

 

आज शनिबार बिहान ७ बजे इलामको माङसेबुङ गाउँपालिका ५ स्थित श्री सरस्वती माबि भालुटार मतदान केन्द्र ‘क’ बाट मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङज्यूले मतदानको सुरुवात गर्नुभएको हो ।

 

 

यसैगरी मतदानमा गुरुपरिवार सुपुत्र नाम्बिनहाङ लिङ्देन, शुभनन्द लिङ्देन, इक्सानन्द लिङ्देन, मनाहाङ लिङ्देन, गुरु सुपुत्री थोकफेला लिङ्देन, ममिला लिङ्देनले समेत सोही मतदान केन्द्रबाट मतदान गरेका छन् ।

 

 

 

यस क्षेत्रका ७९ मतदानस्थल र एक सय ४९ वटै मतदान केन्द्रमा यतिबेला मतदाताले मतदान गरिरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए । उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । मतदान बिहानको ७ बजेदेखि सुरु भएको मतदान साझको ५ बजेसम्म हुनेछ ।