पवित्रहाङमा कप : सप्तरीलाई पराजित गर्दै दार्जिलिङ सेमिफाइनल प्रवेश

माङसेबुङ/इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

 

 

 

शुक्रबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा नमोबुद्ध युवा क्लब सप्तरीलाई २–० गोल अन्तरले पराजित गर्दै दार्जिलिङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

 

 

दार्जिलिङको जितमा सिमरन गुरुङ एक्लैले २ गोल गरिन् । खेलको वमन अफ दी म्याच दार्जिलिङकी सिमरन गुरुङ घोषित भइन् ।

 

 

 

प्रतियोगिता अन्तर्गत भोलि (शनिबार) जनसहयोग युवा क्लब माृेरङ र डि. एस. एफ. सी. इलामबीच प्रतिप्षर्धा हुने खेलकुद प्रतियोगिताका संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताएका छन् ।

 

 

 

प्रदेश १ कै सर्वाधिक पुरस्कार राशीको कपको रुपमा रहेको प्रतियोगितामा नेपाल, भूटान र भारतका गरी ८ वटा महिला टिमको सहभागिता रहेको आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताएकी छन् ।

 

 

 

प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

 

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङज्यूको नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा आयोजना गरिएको १४ औं संस्करण पवित्रहाङमा कप प्रतियोगिताको फाइनल खेल भने फागुन २ गते हुनेछ ।