माङसेबुङ/धार्मिक पर्यटकीयस्थल इलामको माङसेबुङ ५ स्थित भालुटारमा ओत माङ्सेबुङ थुक्पेत्चन अफसेट प्रेस उद्घाटन गरिएको छ ।
किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको हस्तबाहुलीबाट मंगलबार अफसेट प्रेसको औपचारिक रूपमा उद्घाटन गरिएको हो ।
किरात याक्थुङ पापोहाङ लाओती बङ्सावलीको पुस्तक छपाई गरेर अपसेट प्रेसको शुभराम्भ गरिएको हो ।
माङसेबुङ हेरिटेज प्रा.लिको लगानीमा सुरु गरिएको अफसेट प्रेसले मल्टीकलर अफसेट प्रेस र फ्लेक्स प्रिन्टसँगै छपाई सम्बन्धि सम्पूर्ण कार्य गरिने थुक्पेत्चन अफसेट सञ्चालकले जनाएको छ ।