माङसेबुङ/इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा आगामी माघ २४ देखि फागुन २ गतेसम्म सञ्चालन हुने १४ औं पवित्रहाङमा कप २०८० फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा आयोजना गरिएको पबित्रहाङमा कप २०८० फुटबल प्रतियोगिताको खेल तालिका बिहीबार सार्वजनिक गरिएको हो ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यू ६८ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ नुमाङगेन्ना महान सेवा समारोहले आयोजना गरेको खेलकुद कार्यक्रमको संयोजन भने आत्मा पवित्र हक्चात यक्चुमको रहेको छ ।
प्रतियोगितामा नेपाल, भारत र भूटान गरी ८ टीमको सहभागिता रहेको हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताएको छ ।
सार्वजनिक खेल तालिका अनुसार उद्घाटनको दिन माघ २४ गते माङसेबुङ गाउँपालिका इलाम र नवदिप युवा क्लब मिक्लाजुङ मोरङबीच खेल हुनेछ । २५ गते कन्काई नगरपालिका झापा र वि.वाई.सी भूटानबीच प्रतिस्पर्धा हुने भएको छ ।
यसरीनै २६ गते एमएफसी दार्जिलिङ भारत र नमोबुद्ध युथ फुटबल क्लब सप्तरीबीचको खेल हुने आयोजकले जनाएको छ । त्यसैगरी २७ गते जनसहयोग युवा मोरङ र दीपेन्द्र शिखर फुटबल क्लब इलामबीचको खेल हुने तालिका सार्वजजिक गरिएको हो ।
प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ र उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् ।
माङसेबुङमा २०६७ देखि हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको जन्मोत्सवमा यहीँ समयमा पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।