माघे संक्रान्ती सत्यहाङमा शान्ति मकरस्नान लाधुङसेमी सेवा सम्पन्न


माङसेबुङ/किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको देव समुपस्थितिमा माघे संक्रान्ती सत्यहाङमा शान्ति मकरस्नान लाधुङसेमी महान सेवा समारोह भव्य रुपमा सम्पन्न गरिएको छ ।

 

इलामको देउमाई नगरपालिका–९, माङसेबुङ गाउँपालिका–३ र माइ नगरपालिका १ को संगमस्थल खत्रक्पा फुलुङ्गीमा आयोजित सेवा समारोहमा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री वसन्तकुमार नेम्बाङ रहनु भएको थियो ।

 

 

 

सोमबार सम्पन्न कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूबाट आशीर्वचन प्रदान भएको थियो । भने, अङसीमाङले मंगलबार पनि धन्यवाद आशीर्वचन दिनु भएको थियो ।

 

 

 

माघ २४ गतेदेखि कार्यक्रमको तयारी सुरु गरिएको आयोजक समिति माघे संक्रान्ति सत्यहाङ्मा शान्ति मकरस्नान लाधुङसेमी महान् सेवा समारोह अध्यक्ष लोकबहादुर लिङदेनले बताएका छन् ।

 

 

 

महान सेवा अन्तर्गत माघ २९ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको देव समुपस्थितिमा खत्रक्पा स्थित माईखोलामा साक्मुरा वादेम्मा गरिएको थियो ।

 

 

 

भने, माघे संक्रान्ति (सोमबार र मंगलबार) को दिन नाम्धुङ लाधुङ सेमी भव्य रुपमा आयोजना गरिएको थियो । मंगलबार सेवा सम्पन्नपछि कार्यक्रममा सहयोग गर्ने महानुभावहरुलाई अङसीमाङ तथा अङसीमामाङज्यूको हस्तबाहुलीबाट धन्यवाद पत्र वितरण समेत गरिएको थियो ।

 

 

 

कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेस महासमिति सदस्य भेषराज आचार्य, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई लगायत अतिथिहरुमा माङसेबुङ ३, का अध्यक्ष लक्ष्यमण खम्बु जनम, माई नपा ७, का अध्यक्ष बुद्धि खनाल, वडा नम्बर १ का अध्यक्ष राम राई, किरात धर्म तथा साहित्य उथान संघ अध्यक्ष डकेन्द्रसिं थेगिम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

 

 

माघे संक्रान्ति सत्यहाङ्मा शान्ति मकरस्नान लाधुङसेमी महान् सेवा समारोह अध्यक्ष लोकबहादुर लिङदेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह अध्यक्ष जगत लाओतीले औचित्य मन्तव्य राखेका थिए भने, समारोह सह सचिव सन्देश लिङ्देनले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

 

 

यस वर्षको सेवा तथा शान्ति मेला किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनज्यूले समाधि ज्ञान प्राप्त गरेको ज्ञानभूमि धार्मिक तीर्थस्तल खत्रक्पामा आयोजना गरिएको हो ।