महागुरु फाल्गुनन्द समाधिस्थल ध्वँजेडाँडामा फाल्गुनन्द प्रतिमा स्थापना तयारी सुरु

पान्थर/किरात धर्मदर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको समाधिस्थल पान्थरको ध्वँजेडाँडा महागुरु फाल्गुनन्द प्रतिमा स्थापनाका लागि शिलान्यास गरिएको छ ।

 

 

 

बुधबार महागुरु फाल्गुनन्द लिङ्देनज्युको समाधिस्थल ध्वँजेडाँडामा करिब ११ फुट अग्लो पूर्णकदको फाल्गुनन्द प्रतिमा स्थापनाको लागि पान्थरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङ्देम्बे र उपाध्यक्ष ठाकुरसिङ नेम्बाङको हस्तबाहुलीमा शिलान्यास गरिएको हो ।

 

 

 

 

शिलान्यास कार्यक्रममा फाल्गुनन्द गाउँपालिका २ का वडा अध्यक्ष सन्तोष नेम्बाङ, सोही वडाका सदस्य बीरबहादुर नेम्बाङ, फिदिम नगरपालिका ३ का वडा अध्यक्ष नरेन्द्र गुरुङ, सिलौटी माङहिमका पूर्व माङ्सेवासाबा निलकुमार नेम्बाङ, गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक ब्यबस्थापन समिति अध्यक्ष ताराबीर नेम्बाङ, किरात याक्थुङ पेभाकुम नेम्बाङ संजुम्भो अध्यक्ष नन्दकुमार नेम्बाङको उपस्थित रहेको थियो ।

 

 

 

यसरीनै किरात प्रज्ञा प्रतिष्ठान सचिब भगिहाङ नेम्बाङ, लब्रेकुटी माङ्हिम माङ्सेवासाबा ध्रुब तुम्बापो, श्री सिलौटी नाम्भुनयक सामुदायिक बनका सहसचिव टेकबहादुर बम्जन, विभिन्न राजनीतिक प्रतिनिधिहरु, पान्थर, इलाम, ताप्लेजुङ लगायतका भक्तजनहरुको उपस्थितिमा शिलान्यास गरिएको थियो ।

 

 

 

इलामको माङ्सेबुङ ५ स्थित माङ्सेबुङ हेरिटेज प्रा.लि.ले तयार गरेको करिब ११ फिट अग्लो फाल्गुनन्द प्रतिमा आजै सिलौटीस्थित ध्वँजेडाडा पु¥याएको शालिक निर्माण समितिले जनाएको छ ।

 

 

 

 

करिब २५ लाख खर्च हुने प्रतिमा स्थापनाको लागि आर्थिक सहयोग किरात धर्मावलम्बीले गरेको समितिले जनाएको छ ।