हङकङ/हङकङको ताइमोसन डाँडामा येत नाम्धुङ लाधुङ सेमी सेवा आयोजना गरी भव्य रुपले विशेष मुवेक्वा सेवा (उधौली पूजा) सम्पन्न गरिएको छ ।
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति हङकङको आयोजनामा आइतबार हङकङको सबैभन्दा अग्लो डाँडा ताइमोसनमा विशेष सेवा आयोजना गरिएको साङदाङगेन वरुमसाबा तुलकहाङ तुम्साले जानकारी दिनु भएको छ ।
विश्व शान्ति मानव एकता चराचर सृष्टि जगत तथा मानव रक्षार्थ विगतका वर्षझैं हङकङमा यस वर्ष मुवेक्वा सेवा आयोजना गरिएको साङदाङगेन वरुमसाबा तुम्साले जनाएको छ ।