‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि दिनेशले जिते

माङसेबुङ/मातृभाषा गायन प्रतियोगिता ‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि फाकफोकथुम इलामका दिनेश योङहाङले जितेको छ ।

 

 

 

इलामको माङसेबुङमा मंगलबार वृहत सांस्कृतिक कार्यक्रमसँगै भएको फिनालेमा इलामका माई नगरपालिकाका शान्ता फियाक, मोरङ लेटाङ नगरपालिका वारङगीका हरिचन्द्र लिम्बू र पान्थर मिक्लाजुङ गाउँपालिका सारङडाँडाका उपेन्द्र आङदेम्बे लिम्बूलाईपछि पार्दै योङहाङले ‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि जितेको हो ।

 

 

 

 

उपाधि कव्जा गरेसँगै योङहाङले नगद पुरस्कार ४० हजारको साथमा ट्रफी, एउटा गिटार र प्रमाण पत्र प्राप्त गरेका छन् । उप विजेता बनेका तीन फाइनलिष्टहरुले जनही नगद १० हजारको साथमा ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।

 

 

 

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोहमा आयोजित वृहत सांस्कृतिक कार्यक्रमको अवसरमा आयोजना गरिएको मातृभाषा गायन प्रतियोगिता माङसेबुङ इक्ला सिजन २ को उत्कृष्ट आठ (सेमिफाइनलिष्ट) को लाईभ प्रस्तुतिको आधारमा सोमबार उत्कृष्ट चार प्रतियोगी फिनालेका लागि छनोट गरिएको थियो ।

 

 

 

 

यसैगरि मंगलबार फिनालेमा उत्कृष्ट चार प्रतियोगीहरुले गरेको प्रस्तुतिको आधारमा निर्णायकहरुले विजेता छानेको थियो । माङसेबुङ इक्ला गायन प्रतियोगिताको उत्कृष्ट चार फाइनालिस्टमा स्थान सुरक्षित गर्न सफल प्रतियोगिहरु दिनेश योङहाङ, शान्ता फियाक, हरी चन्द्र लिम्बू, उपेन्द्र आङदेम्बेका रहेका थिए ।

 

 

 

 

प्रतियोगिताको निर्णायकहरुमा गायक तथा संगीतकार लेखनाथ चेम्जोङ, गायिका दिलमति चेम्जोङ, गायक तथा संगीतकार आइन्द्र नेम्बाङ रहेका थिए । माङसेबुङ इक्ला संस्करण २ गायन प्रतियोगितामा उत्कृष्ट ८ मा परेका कलाकारहरु हरिचन्द्र लिम्बू लेटाङ ७ वराङ्गी मोरङ, कुमार नेम्बाङ फाल्गुनन्द ४ पान्थर, रोशन लिम्बू, मेरिङ्देन १ ताप्लेजुङ, दिनेश योङ्हाङ फाक्फोकथुम ७ इलाम, श्री कुमार लिम्बू माङ्सेबुङ २ इलाम, विजेता सुनुवार माङसेबुङ ५ इलाम, उपेन्द्र लिम्बू मिक्लाजुङ १ सराङ्डाँडा पान्थर र शान्ता फियाक लिम्बु माई नगरपालिका ६ इलाम रहेका थिए ।

 

 

 

 

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा माङसेबुङ इक्ला संस्करण २ गायन प्रतियोगिता कार्यक्रम आयोजना गरिएको किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताएका छन् ।

 

 

 

 

पान्जुम्भोका अध्यक्ष केदेमका अनुसार माङसेबुङ इक्ला दुई वर्ष पहिले आयोजना गरिएको थियो र यसैलाई निरन्तरता दिन पुनः यस वर्ष पनि आयोजना गरिएको हो ।

 

 

 

 

प्रतियोगिहरुमध्ये चार चरणको अनलाइन अडिसन पार गरी सेमीफाइनलमा पुगेका उत्कृष्ट ८ प्रतियोगिहरुले माङसेबुङमा आयोजना हुने सेमीफाइनलमा प्रतिस्पर्धा गरेको किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो सचिव सुवास गुरुङले बताएका छन् ।

 

 

आयोजकका अनुसार प्रतियोगितामा सहभागि कलाकारहरुले चार चरणसम्म अनलाइन मार्फत आदिवासी मातृभाषा अथवा किरात धार्मिक जागरणमा आधारित गीत गाएर भिडियो रेकर्ड गरी आयोजकलाई वार्डसप नम्बरमा भिडियो पठाएका थिए ।

 

 

 

माङसेबुङ इक्ला प्रतियोगितामा सहभागिहरुलाई पहिलो, दोस्रो, तेस्रो र चौथो चरणसम्मको अडिसन अनलाइन मार्फत लिइएको छ । प्रतियोगीले चार चरणसम्मको अडिसनका लागि आदिवासी मातृभाषा अथवा किरात धार्मिक जागरणमा आधारित गीतमा गाएर भिडियो पठाएको आधारमा छनौट गरिएको थियो ।

 

 

 

 

मातृभाषा गायन प्रतियोगिता माङसेबुङ इक्ला सिजन २ को उत्कृष्ट आठ (सेमिफाइनलिष्ट) को लाईभ प्रस्तुतिको आधारमा सोमबार उत्कृष्ट चार प्रतियोगी फिनालेका लागि छनोट गरिएको थियो । यसैगरी मंगलबार फिनालेमा उत्कृष्ट चार प्रतियोगीहरुले गरेको प्रस्तुतिको आधारमा निर्णायकहरुले विजेता छानेको थियो