माङसेबुङ/इलामको माङसेबुङ गाउँपालिका वडा नं ५ मा किरात लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको रुपमा घोषणा÷लागू भएको पाँचौं वर्षको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाइएको छ ।
माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को आयोजनामा गुरु निजी आश्रम लारुम्बामा बुधबार माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यमा विविध कार्यक्रमबीच वार्षिक उत्सव मनाइएको हो ।
माङसेबुङ वडा नं ५ मा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा घोषणा भएको पाँचौं बार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा गाउँपालिका अध्यक्ष हेमन्त राईले महादीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो । यस अवसरमा वडाको १५ वटै टोलहरुमा बुधबार साँझ घरघरमा दिप प्रज्वलन गरी उत्सव मनाइएको छ ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले माङसेबुङ गाउँपालिकाले किरात लिम्बू भाषालाई कामकाजी भाषा कार्यान्वयनको रूपमा अघि बढाउने बताएका छन् । उनले गाउँसभाले पास गरिसकेको हुनाले कार्यान्वयन गराउने दिशातर्फ अगाडि बढिरहेको समेत बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ र लेखिका भीमा खजुम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति उपाध्यक्ष होम लिङ्देन, माङसेबुङ ४ का वडाध्यक्ष नविन योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष दुधबहादुर लाओती, माङगेन्ना सेवाका सचिव शक्तिकुमार साँबा, किरात साम्जिक मुन्धुम युक्सिङ निसमहिमका प्रधानाध्यापक कल्पना लिङ्देन पन्धाक, किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका सचिव सन्चहाङ सम्बाहाङफे, माङगेन्ना सेवाको पूर्व सचिव नन्दकुमार नेम्वाङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा निसामहिमका विद्यार्थी, फाल्गुनन्द सेकेन्डरी बोर्डिङ स्कुलको विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा निसामहिमका विद्यार्थी, फाल्गुनन्द सेकेन्डरी बोर्डिङ स्कुलको विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । माङसेबुङ गउाँपालिकाका ५, का वडाध्यक्ष नरेन्द्रकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दोभासे कर्मचारी सुनिल सेर्मा लिम्बूले गरेका थिए ।