माङसेबुङ/संयुक्त राज्य अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बीहरुले नेपालस्थित किरात धार्मिक संघ संथाहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
आइतबार अमेरिकाबाट माङसेबुङ भ्रमणमा आएका किरात धर्मावलम्बीहरुसँग नेपालमा रहेको किरात धार्मिक संघ संस्थाहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम इलामको माङसेबुङमा सम्पन्न गरिएको हो ।
भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अमेरिकाको ३६ ओटा राज्यका प्रतिनिधिहरु मध्ये माङसेबुङ भ्रमण २०२३ का संयोजक सुकमान सुहाङ, किरात कम्युनिटी अर्गनाइसेनका अमेरिकाका अध्यक्ष राजु इधिङगो, किरात कम्युनिटी अर्गनाइसेनका अमेरिकाका प्रमुख सल्लाहकार डिजे खालिङ, सल्लाहकार कृष्ण लाओती, साङदाङगेन वरुमसाबा के.के. सोङमेन लगायतले अमेरिकामा किरात धर्म सम्बन्धिको गतिविधि र आगामी योजनबारे जानकारी गराउनु भएको थियो ।
नेपालस्थित किरात धार्मिक संस्थाबाट किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उथान संघका अध्यक्ष डकेन्द्रसिह थेगिम, गुरु निजी आश्रम कृषि समिति अध्यक्ष टिकाराम केरुङ, किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जम्भोका अध्यक्ष बलराम खजुम, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जम्भोका अध्यक्ष ज्ञानु केदेम, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जम्भोका अध्यक्ष पृथीमान खालिङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा अमेरिकाका प्रतिनिधिहरुले राखेका जिज्ञासा र किरात धर्मको गतिविधिसँगै आगामी कार्यक्रमबारे किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उथान संघका अध्यक्ष डकेन्द्रसिह थेगिमले जानकारी गराएका थिए ।
अमेरिकामा रहेका किरात धर्मावलम्बीहरुको माङसेबुङ भ्रमणको क्रममा शुक्रबार निजी गुरु आश्रममा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको भेटदर्शन गर्नुभएको थियो ।
माङसेबुङ भ्रमणको लागि संयुक्त राज्य अमेरिकाको विभिन्न प्रान्तहरुबाट आएका किरात धर्मावलम्बीहरुले शनिबार साक्मुरा वदेम्मा सेवा गरेका थिए । झापाको माईधार दोमुखास्थित माइखोलामा अमेरिकाबाट माङसेबुङ भ्रमणमा आएका ८२ जना किरात धर्मावलम्बीहरुले साक्मुरा वदेम्मा सेवा सम्पन्न गरेका हुन ।