धनकुटा/किरात धर्म दर्शन र कर्मकाण्डबारे एकदिने धार्मिक प्रशिक्षण कार्यक्रम धनकुटामा सम्पन्न भएको छ ।
बुधबार किरात साम्यो माङसेवासाबा थुम पान्जुम्भो धनकुटाको आयोजनामा धनकुटाको साँगुडी गढी गाउँपालिका २, बुढीमोरङमा धार्मिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका सचिव सञ्च सङबाङफे र कोषाध्यक्ष प्रकाश सावदेनले कार्यक्रममा उपस्थित सहभागीहरुलाई खाजोङ (कर्मकाण्ड) र धर्म दर्शन सम्बन्धी सहजीकरण गरेका थिए ।
किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका सचिव सञ्च सङबाङफेको प्रमुख आतिथ्यमा, साँगुडी गढी गाउँपालिका २, बुढीमोरङमा वडा अध्यक्ष योगेन्द्र इवाहाङ र किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेनको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा सदस्य पुजन इङनाम राजनीतिक दलका प्रतिनिधिहरको समेत उपस्थिति रहेको थियो ।
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनज्यूको १३९ औं जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको प्रशिक्षण कार्यक्रम किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो धनकुटाका अध्यक्ष लक्ष्मी तुम्बापोको अध्यक्षतामा रमेश इवाहाङले स्वागत मन्तव्य राखेका थिए ।