सहिद कृतिमान एवाई २१ औं स्मृति दिवस


माङसेबुङ/किरात धार्मिक सहिद कृतिमान एवाईलाई किरात धार्मिक संस्थाहरुले सम्झेका छन् । बुधबार एक स्मृति कार्यक्रम आयोजना गरी सहिद एवाईलाई सम्झेका हुन् ।

 

 

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङ रहनु भएको थियो ।

 

 

कृतिमान एवाई राई तत्कालिन किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको केन्द्रीय सदस्यमा कार्यरत रहँदा १० वर्षे जनयुद्वको समयमा नेकपा माओवादीका कार्यकर्ताले गिरफ्तार गरी निर्मतापूर्वक हत्या गरेको थियो ।

 

 

 

सहिद एवाईलाई वि.स. २०५९ कार्तिक १५ गते इलामको माङसेबुङबाट घर इलामको फुएतप्पा फर्कने क्रममा पान्थर रबि छेउ हुलाक स्थित देउरालीको चियाबगानमा माओवादी द्वारा निर्ममता पुर्वक हत्या गरिएको थियो ।

 

१० वर्षे द्धन्द्धकालमा एवाईसँगै किरात धर्म दर्शन, संस्कार संस्कृति अंगाल्लेका कारण हत्या गरिएका सहिदहरु टेकबहादुर अन्छङबो (खेजेनिम ताप्लेजुङ), नरप्रसाद लिङदेन (साब्लाखु ताप्लेजुङ), छत्र सावादेन (सुल्बुङ इलाम), नरध्वज लाओती (कुरुम्बा पान्थर) लगायत रहेका छन् ।

 

 

 

स्मृति कार्यक्रममा किरात धार्मिक, सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थित रहेको थियो । कार्यक्रम किरात साम्यो हक्चात यक्जुमको अध्यक्ष मनकुमार आङबुहाङको अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रम सञ्चालन सञ्चु इङनामले गरेकी थिइन् ।