किरात फाआप मिङ्सो माङहिमको साधारण सभा सम्पन्न

माङसेबुङ/इलामको सन्दकपुर गाउँपालिका ४ माबुस्थित किरात फाआप मिङ्सो माङहिमको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

 

माङहिमको बुधबार सम्पन्न साधरण सभाले धनप्रसाद सावदेनको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ ।

 

 

समितिको उपाध्यक्षमा नरबहादुर यङ्वागो, सचिवमा बिबिहाङ सावदेन, सहसचिवमा नरेश राई, कोषाध्यक्षमा दिल कुमारी मेयोङ्बा चयन भएका छन् ।

 

 

त्यसैगरी सदस्यहरुमा जसबहादुर सावदेन, दिपेन साउदेन, रबिन राई, मनकुमार फागो, जुना थेबे, बिरेन सावदेन, भुपाल सावदेन, सुष्मा लिङ्देन, दिलबहादुर सावदेन, अमृतमान सावदेन, कुलप्रसाद लिम्बू, अम्बिका सावदेन लगायत रहेका छन् ।

 

 

 

कार्यक्रममा किरात फाआप मिङ्सो माङहिमको आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९ गरी दुई आर्थिक बर्षको सार्वजनिक सुनुवाइसँगै केही महत्वपूर्ण निर्णयहरु पारित गरिएको समितिले जनाएको छ ।