किरात साम्यो साक्थिम्गेन पान्जुम्भोको ४४ औ स्थापना दिवसमा लाओती अभिनन्दीत


माङसेबुङ/किरात धर्म, संस्कार संस्कृतिको संरक्षण र सम्वद्र्धनमा क्रियाशिल किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको वार्षिक चोमेन सेवासँगै ४४ औं स्थापना दिवस तथा अभिनन्दन कार्यक्रम विहिबार सम्पन्न भएको छ ।

 

पान्जुम्भोको स्थापना दिवस तथा अभिनन्दन कार्यक्रममा विगतका वर्षझै यस वर्ष किरात धर्म दर्शन, भाषा, लिपि, साहित्य र संस्कार संस्कृतिको उत्थान र प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउने अग्रज व्यक्ति ज्ञानोदय लाओतीलाई अभिनन्दन गर्दै स्थापना दिवस मनाइएको हो ।

 

 

कार्यक्रममा प्रमुख अतिथि माङ्सेबुङ गाउँपालिका उपाध्यक्ष बिनोदकुमार नेम्बाङ, विशेष अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, अतिथिहरु गुरु प्रवक्ता डिल्लीराम चाम्लिङ, किरात धर्म तथा साहित्य उत्थान संघ उपाध्यक्ष दुधबहादुर लाओतीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

त्यसैगरी किरात साम्यो साक्थिम्गेन मुजोलुङ पान्जुम्भोका संस्थापक अध्यक्ष हर्कवीर योङहाङ, साक्थिम्गेन पान्जुम्भोको पूर्व अध्यक्ष रामबहादुर थुलुङ, प्रस्तावित लिङदेन आत्मानन्द सेइङ बहुमुखि क्याम्पसका प्रमुख होम लिङ्देन, किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङ्बुहाङ, रेडियो माङसेबुङका स्टेशन प्रमुख सुमन लाओती, किरात साम्जीक मुन्धुम निसामहिमका फाः तुम सिक्साम्बा नन्द सेर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

 

स्थापना दिवस तथा अभिनन्दन कार्यक्रममा किरात साम्यो साक्थिम्गेन मुजोलुङ पान्जुम्भोका केन्द्रीय कलाकारहरुमध्येसाहिल पराङदेन र युमा थुलुङलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने, पान्जुम्भोका सह सचिव दिलिप माखिम याक्थुङ स्टार फाइनललिस्ट हुन सफल भएकोमा प्रंशसा पत्रद्धारा सम्मान गरिएको थियो ।

 

 


किरात साम्यो साक्थिम्गेन मुजोलुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा औचित्य मन्तव्य पान्जुम्भोका उपाध्यक्ष अर्जुन सम्बाहाङ्फेले राखेको थियो । भने, पान्जुम्भोका सचिव सुवास गुरुङले कार्यक्रम सञ्चालन गरेको थियो ।

 

 

कार्यक्रममा पान्जम्भोका सह सचिव तथा गायक दिलिप माखिम, सह कोषाध्यक्ष तथा गायिका रमला साँबा, सदस्य तथा गायिका विपना तबेबुङ, गायक कुमार नेम्बाङले गीत प्रस्तुत गरेका थिए । किरात साम्यो साक्थिम्गेन मुजोलुङ पान्जुम्भोका केन्द्रीय कलाकार स्वागत नृत्य प्रस्तुत गरिएको कार्यक्रममा ताप्लेजुङ माङसेबुङ सरोकार मञ्चका कलाकारहरुले केलाङ समेत प्रस्तुत गर्नु भएको थियो ।

 

माङसेबुङ ५, इलाममा पान्जुम्भाले त्रिदिवसीय रुपमा स्थापना दिवस मनाउनेक्रममा वार्षिक चोमेन सेवा अन्तर्गत मंगलबार (असोज २३ गते) साक्मुरा वादेम्मा, बुधबार किरात हाङसाम मुजोत्लुङ माङहिममा नाम्धुङ लाधुङ सेमी सेवा आयोजना गरिएको थियो ।

 

 

पान्जुम्भोको स्थापना वि.स. २०३७ साल असोज २५ गते भएको थियो । स्थापना दिवससँगै आयोजित पान्जुम्भोको बैठकले माङसेबुङ इक्ला सञ्चालन गर्ने निर्णय गरेको पान्जुम्भोले जनाएको छ ।

 

अभिनन्दीत ज्ञानोदय को हुन ?

 

 

किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिको उत्थान र प्रचार–प्रचारमा अतुलनीय योगदान दिनु हुने ज्ञानोदय लाओती (ज्ञानबहादुर) को जन्म बुवा छविलाल लाओती र आमा जसमति खजुमको कोखबाट वि.स २००३ साल असोज २० गते भएको हो ।

 

 

 

तत्कालीन लिम्बुवानको सुन्दर भूमि पान्थर जिल्लाको मिक्लाजोङ गाउँपालिका–५, कुरुम्बा साविक कुरुम्बा–१, थुमथुमेमा जन्मेका उनले जीवनयापनको शिलशिलामा जन्म गाउँ छोडेर इलामको चुलाचुली गाउँपालिका १ हात्तिलेदा इलामलाई स्थायी कर्मथलो बनाउनु भएको छ ।

 

 

 

बाल्यकालदेखि किरात धर्म दर्शन अनुसरण गर्नुहुने लाओतीले किरात धर्मदर्शन, संस्कार संस्कृतिको उत्थान र प्रचारप्रसारको क्रममा विशेषत किरात लिपि र भाषा संरक्षण सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोछ । यसरी किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिको उत्थान र प्रचार–प्रचारमा अहोरात्र लागिरहँदा नेपालको एकात्मक निरङकुश पञ्चायतकालिन समयताका झापाको दमकमा वि.स. २०४१ साल माघमा निरङकुश पञ्चायति प्रशासनले नियन्त्रणमा लिई करिब ९ महिनासम्म जेल जीवनसमेत विताउनु भएको छ ।

 

 

 

 

दर्जनौं धार्मिक जागरणका भाषिक गीतहरुको सृजना गर्दै आउनु भएका लाओतीका गीत मध्ये आइन कन साम्योहा शब्दको गीत साक्थिम्गेन पान्जुम्भोले रेकर्ड गरेको छ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुसँग तत्कालिन किरात धार्मिक जागरणकालताका विभिन्न ठाउँमा नाटक, सांस्कृतिक कार्यक्रम प्रर्दशन गर्दै किरात सांस्कृतिक क्षेत्रमा अमूल्य योगदान दिने लाओतीलाई यस वर्ष अभिनन्दन गरिएको पान्जुम्भोले जनाएको छ ।

 

 

 

वि.स. २०३१ सालमा अङसीमाङज्यूको साक्षत भेटदर्शन पाउनु भएका लाओतीले, निलादेवी नेम्बाङसँग संसाररिक जीवनमा बाँधिएर १ जना छोरा, ६ जना छोरीको अभिभावकत्व निर्वाह गर्नुहुँदै आउनु भएको छ ।