माङसेबुङबाट लखेटिए कोशी नामका प्रस्तावक राम राना


दमक/नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य रामबहादुर राना मगरमाथि आक्रमण प्रयास भएको छ ।

 

 

रानालाई उनकै निर्वाचन क्षेत्र इलाम २ (२) को माङसेबुङ स्थित घर्ति दोभानमा आक्रमण प्रयास भएको हो ।

 

 

 

एमाले जिल्ला कमिटी इलामको बैठकका लागि माङसेबुङ जाँदै गरेका रानालाई अज्ञातस्थलबाट आक्रमण भएको प्रहरीले जनाएकोछ ।

 

 

 

प्रदेश १ को नामाकरण गर्दा कोशी नामको प्रस्तावक रहेका रानालाई अज्ञातस्थलबाट ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलिप घिमिरेले पुष्टि गरेका छन् ।

 

 

 

आक्रमणबाट राना सवार बा २ झ ३७३७ नम्बरको गाडिको अगाडि र पछाडिको सिसा फुटेको छ ।

 

 

दिउँसो १ बजे भएको घटनामा संलग्नको खोजी भइरहेको र राना सकुसल रहेको प्रहरीले जनाएको छ । आक्रमणपछि उनी सहितको टोली दमक फर्किएको थियो ।