लालीगुराँस नगरपालिकामा संयुक्त संघर्ष समिति गठन

तेह्रथुम/तेह्रथुमको लालीगुराँस नगरपालिकाको लसुने बजारमा बुधबार नगरपालिका स्तरीय प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन भएको छ ।

 

जनताको माग र चाहना विपरित नामाकरण गरिएको प्रदेशको नाम कोशी खारेजीको माग राख्दै पहिचानको आधारमा प्रदेशको पुनः नामाङ्कन गर्न संघर्ष समिति गठन गरिएको हो ।

 

 

 

पहिचानवादी सहित पदम लिम्वु लाजेहाङको मृत्युको घटनालाई सत्यतथ्य छानविन गर्नुपर्ने र दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने र कोशी प्रदेशको नामलाई खारेजीको माग राख्दै संघर्ष समिति गठन गरिएको जनाइएको छ ।

 

 

 

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संस्थापक तथा थरगत सयङका केन्द्रीय अध्यक्ष नन्द कन्दङवा, किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष डाक्टर कमल तिगेला, प्रदेशनं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति तेह्रथुमका संयोजक सेसेहाङ हुक्पा चोङबाङ, संघर्ष समिति तेह्रथुमका सदस्य सुबिन्द्र थेगुबा, टिएन सुब्बा, प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति म्याङलुङ नगरपालिकाका संयोजक साम थाम्देनको लगायतको उपस्थिती रहेको थियो । सो भेलाले बली सेनीकोे संयोजकतामा ५३ सदस्य संघर्ष समिति गठन गरिएको हो।

 

 

समितिको सह संयोजकमा ठेगी तेयुङ, राम कुमार सेनी, दिल बहादुर तेयुङ, माया थाम्देन रहनुभएको छ भने सचिवमा बिष्णु खबाहाङ र सह सचिवमा अजय लिम्बु सहित ५३ जना सदस्यीय संयुक्त सर्घष समिति गठन गरिएको हो । यस अघि राखिएको नाम खारेजका लागी गत चैत ५ गते विराटनगरको शान्तिपूर्ण आन्दोलनमा आन्दोलनकारी कमाण्डर पदम लिम्वु लाजेहाङको प्रहरीको दमनबाट गम्भीर घाइते भई उपचारको क्रममा गत चैत १० गते निधन भएको थियो ।

 

 

 

निधन प्रश्चात प्रदेश नं१ पुःन नामाङ्कन संयुक्त संघर्ष समितिले आन्दोलन र विभिन्न ठाँउहरुमा संघर्ष समिति गठन गर्दै आएको छ । अहिलेसम्म तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका स्तरीय साम थाम्देनको संयोजनमा २१ सदस्यीय समिति गठन गरिएको छ । छथर गाउँपालिका स्तरिय बोधराज तिगेलाको संयोजकत्वमा १५ सदस्यीय, मेन्छ्यायेम गाँउँपालिकामा युवराज चोङवाङको संयोजकत्वमा २९ सदस्यीय, आठराई गाउँपालिका स्तरीय सुमन हाङस्रोङको संयोजकत्वमा ५७ सदस्य, फेदाप गाउँपालिकामा गंगा कुरुम्बाङको संयोजकत्वमा ५७ सदस्यीय नगरपालिका र गाउँपालिका स्तरीय प्रदेश नं १ पुःन नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरिएको प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति तेह्रथुमका सचिव राजकुमार तेयुङ तरेबाले बताए ।

 

 

 

प्रदेशनं १ को नाम भुगोल, सभ्यता, पहिचान र ईतिहासको आधारमा नामाङकन नभइन्जेलसम्म आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउने संयुक्त संघर्ष समिति तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बताएका छन् ।