पान्थर/पान्थरको मिक्लाजुङ ७ मा पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समिति गठन भएको छ । बिर्ख बहादुर थलङको अध्यक्षतामा ८ सदस्यीय वडा समिति गठन गरिएको सहकर्मी दुर्गाहाङ लाओतीले बताएको छ ।
यसरी गठन गरिएको अभियान वडा समितिको उपाध्यक्षमा पल कुमार माखिम, सचिवमा मानबहादुर माखिम, कोषाध्यक्ष रन बहादुर माखिम चयन भएका छन् । सदस्यहरुमा क्रमशः मोहनमाया कुरुम्बाङ लावती, सोनिया माखिम, भुवनवीर माखिम, तुलसि माखिम रहेका छन।
यसैगरि नालिगेन थाङबेन मुक कप वडामा प्रमुख उपेन्द्र माखिम चयन भएका छन् । माखिमको संयोजकत्वमा ८ सदस्यीय समूह गठन भएको छ। यसमा उप प्रमुख सन्तकुमार माखिम, संचार प्रमुख ओम माखिम, सदस्यहरुमा के.बि माखिम, सुबास माखिम, ईवाहाङ माखिम, क्षितिज माखिम, डिगम थेगिम रहेक छन् ।
नालिगेन मुक कप पालिका उप प्रमुखमा दोस्तिहाङ माखिम र सदस्यमा यगबन्दु राईलाई सिफारिस गरेका छन । भेलामा पहिचान सहितको प्रदेश नं १ पुनः नामाङकन अभियान मिक्लाजुङ गा पा अध्यक्ष पुर्ण बिक्रम लावती, सल्लाहकार दिल्ली ब लावती, नालिगेन थाङबेन मुक कप पालिका प्रमुख राम लावती, आर्थिक प्रमुख दिलिप माखिम, संचार प्रमुख दुर्गाहाङ लावती लगायत उपस्थित रहनु भएको थियो ।
मिक्लाजुङ गाउँपालिकाको वडा नं ८ दुर्दिम्बामा ५ गते, ३ नं. वडा आरुबोटेमा ६ गते, ५ नं. वडा करुम्बामा ७ गते, ४ नं. वडा रबिमा ८ गते, १ र २ नं. वडा सराङडाडामा ९ गते अभियान वडा समिति गठन गर्ने तयारी गरिएको पालिका अध्यक्ष लाओतीले बताउनु भएको छ ।