पान्थर/पान्थरको मिक्लाजुङ ६ मा पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समिति गठन भएको छ । गजिन्द्र लावतीको अध्यक्षतामा ९ सदस्यीय वडा समिति गठन गरिएको सहकर्मी दुर्गाहाङ लाओतीले बताएको छ ।
सो समितिको उपाध्यक्ष बिष्णु आङबोहाङ फियाक ,सचिव मोहोते लावती, कोषाध्यक्ष बिमला सेर्मा, दर्शन आङबोहाङ, सदस्य दिलिप राई, आईतरानी चेम्जोङ, साहाधोज लावती, धनकुमारी चेम्जोङ रहेका छन ।
यसैगरी नालिगेन थाङबेन मुक कप वडा प्रमुख जंग चेम्जोङ, सह प्रमुख बुद्ध खोमे, संचार प्रमुख बिजय लावती, आर्थिक प्रमुख आकास लावती सदस्यहरुमा विशाल आङबुहाङ, धनकुमार लावती, तेज कुमार आङबुहाङ रहेका छन् ।
पहिचान सहितको प्रदेश नं १ पुनः नामाङकन अभियान मिक्लाजुङ गा.पा अध्यक्ष पुर्ण बिक्रम लावती, सदस्य सन्तकुमार लावती, सल्लाहकारद्वय दिल्ली ब लावती, टिकाराम लावती, नालिगेन थाङबेन मुक कप पालिका प्रमुख राम लावती आर्थिक प्रमुख दिलिप माखिम, सञ्चार प्रमुख दुर्गाहाङ लावती लगायत उपस्थित रहनु भएको थियो ।
मिक्लाजुङ गाउपालिकाको ८ वटै वडामा गठन गर्ने अध्यक्ष लावतीले बताउनु भएको छ ।