माङसेबुङ/पहिचान सहितको प्रदेश १ को पुनः नामाङकन अभियान समितिको आयोजनामा इलामको माङसेबुङमा अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेशको नाम कोशी खारेजीका लागि भइरहेको आन्दोलनको विषयमा अभियान समितिका कार्यकर्ताहरुलाई प्रशिक्षण गराउन शनिबार अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।
अभिमुखिकरण कार्यक्रममा अभियान केन्द्रीय समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, सह अध्यक्ष केहेरसिं योङहाङ, उप महासचिव नन्दकुमार नेम्बाङ, केन्द्रीय समिति कार्य सम्पादन समिति सदस्य रामभक्त कुरुम्बाङले अभियान सम्बन्धि बोल्नु भएको थियो ।
त्यसैगरी अभियान समितिका केन्द्रीय सदस्य होमबहादुर लिङदेन, कोषाध्यक्ष चिरञ्जीवि खालिङ लगायतले पनि अभियान सम्बन्धि सहजीकरण गरेका थिए ।
अभिमुखिकरण कार्यक्रमसँगै नालीगेन थाङबेन मुक कप माङसेबुङ समेत गठन गरिएको छ । अभियान कार्यक्रम सम्बन्धि आम नागरिकलाई प्रशिक्षण गराउन विभिन्न क्षेत्रमा अभिमुखिकरण कार्यक्रम लैजाने तयारी गरिएको अभियान समितिले जनाएको छ ।
पहिचान सहितको प्रदेश १ को पुनः नामाङकन अभियान समिति माङसेबुङ गाउँपालिका समितिका अध्यक्ष उदयविक्रम तुम्बापोको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई अभियान आर्थिक उप समितिका केन्द्रीय सदस्य सचिव मनकुमार आङबुहाङले सञ्चालन गरेका थिए ।