दमक/पहिचान सहितको प्रदेश १ को पुनः नामाङकन अभियान समिति विस्तार गर्ने क्रममा पान्थरको मिक्लाजुङ गाउँपालिकामा अभियान समिति गठन भएको छ ।
अभियान केन्द्रीय समितिका उप महासचिव नन्दकुमार नेम्बाङको सहजीकरणमा पूर्ण विक्रम लाओतीको अध्यक्षतामा २१ सदस्यीय पालिका स्तरीय अभियान समिति गठन भएको हो।
सोमबार गठन गएिको अभियान समितिको उपाध्यक्षमा रनध्वोज कुरुम्बाङ, सचिवमा नरेश लाओती, सह सचिवमा टिका लाओती, कोषाध्यक्षमा टेकराज लाओती चयन भएका छन् ।
समितिको सदस्यमा चन्द्र प्रसाद राई, हर्क जंङ लाओती, हर्कप्रसाद राई, हरी चन्द्र आङदेम्बे, सन्तमान कुरुम्बाङ, बुद्धहाङ लाओती, पदमप्रसाद राई, सन्तकुमार लाओती, सेरबहादुर आङदेम्बे, पदमप्रसाद लाओती, हरीप्रसाद लावती, हर्कजङ लाओती, मोहन लाओती, पत्थरसिं राई, रामजित राई लगायत रहेका छन् ।
समितिको सल्लाहकारमा टिकाराम लाओती, दिल्लीबहादुर लाओती, देबिन्द्र आङदेम्बे चयन भएका छन् । यसरीनै नालीगेन थाङबेन मुक कप केन्द्रीय प्रमुख शंकर केरुङको उपस्थितीमा नालीगेन थाङबेन मुक कप मिक्लाजुङ पालिकामा राम लाओतीको संयोजकत्वमा गठन गरिएको छ ।
कोशी प्रदेश नामको खारेजीका लागि चरणवद्ध आन्दोलनका कार्यक्रमहरुलाई सशक्त रुपमा अगाडि बढाउन अभियान समितिले संगठन विस्तारलाई प्राथमिकता दिएको हो ।
आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको एक घटक संगठन पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिले पान्थरको विभिन्न पालिकाहरुमा अन्तरक्रिया तथा संगठन विस्तार कार्यक्रमलाई अगाडि बढाएको अभियान समितिका केन्द्रीय उप महासचिव नेम्बाङको भनाई छ।