माङ्सेबुङ/किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सेवाको अवसरमा सप्ताहव्यापी नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न भएको छ ।
किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको गरिमामय समुपस्थितिमा आइतबार सम्पन्न भएको सेवामा सम्पूर्ण सहयोगदाताहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा अङसीमाङ तथा अङसीमामाङको हस्तबाहुलीबाट माङवाहाङवा वितरण गरिएको सेवा आयोजक समिति किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सेवा समितिले जनाएको छ ।
गत सोमबार माङहुप वादेम्मा गरी मंगलबार (फागुन ७ गते) देखि नियमित सेवा सुचारु गरिएको सप्ताहव्यापी नाम्धुङ लाधुङ्सेमी सेवाको आइतबार समापन गरिएको हो ।
किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सेवा समितिको आयोजनामा सञ्चालित सेवा विशेष कारण दुई दिन अगावै सम्पन्न गरिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार सप्ताहव्यापी रुपमा आयोजना गरिएको सो सेवा चैत १४ गते समापन हुने कार्य तालिका थियो । तर, सो सेवा १२ गते आइतबारनै समापन गरिएको हो ।
किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सेवा समितिका अध्यक्ष शेरबहादुर लाओतीको अध्यक्षतामा सम्पन्न सेवामा तुम्याहाङको रुपमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, गुरु प्रवक्ता डिल्लीराम चाम्लीङ, किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा लगायतका तुम्याहाङहरुको उपस्थित रहेको थियो ।
यसरी इलामको माङ्सेबुङ गाउँपालिका ३ स्थित किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्ञानभूमि फुलुङगीमा बृहत सेवा सञ्चालन गर्न अघि तमोर नदिको किनार नक्कलेघाटमा माघ १२ गते बृहत माङहुप वादेम्मा गरिएको थियो ।
माघ १३ गते पान्थर फेदेनको सुम्हात्लुङ गढी येत नाम्धुङ लाधुङ सेमी सेवा गरिएको थियो । भने, फागुन ५ गतेदेखि १३ गतेसम्म पान्थर यासकको कुम्मायक कुसायकमा येत नाम्धुङ लाधुङ सेमी सेवा गरिएको थियो ।
यसरी सावायेहाङको सामुहिक सेवा गर्ने शिलशिलामा इलामको माङसेबुङ गाउँपालिका ३ स्थित फुलुङगीमा १ लाख ८ हजार १ सय ८ येप्लीङसहित १ सय ८ नदिको पानीले सिञ्चित गरी सेवाको समापन गरिएको सेवा आयोजक समितिले बताएका छन् ।