फुलुङगीमा सप्ताहव्यापी नाम्धुङ लाधुङसेमी सेवा


माङ्सेबुङ/किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सेवाको रुपमा सप्ताहव्यापी आयोजित नाम्धुङ लाधुङ्सेमी सेवा सञ्चालन भइरहेको छ ।

 

 

 

सोमबार माङहुप वादेम्मा गरी मंगलबारदेखि नियमित सेवा सुचारु गरिएको सेवा आयोजक किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सेवा समितिले जनाएको छ । आयोजकका अनुसार सप्ताहव्यापी रुपमा आयोजना गरिएको सो सेवा चैत १४ गते समापन हुने छ ।

 

 

किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको गरिमामय समुपस्थितिमा सञ्चालन हुने सेवा समापन कार्यक्रममा सेवामा सहयोगदाताहरुलाई सम्मान गरिने र अङसीमाङ तथा अङसीमामाङको हस्तबाहुलीबाट माङवाहाङवा समेत वितरण गरिने जनाइएको छ ।

 

 

यसरी इलामको माङ्सेबुङ गाउँपालिका ३ स्थित किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्ञानभूमि फुलुङगीमा बृहत सेवा सञ्चालन गर्न अघि अघि तमोर नदिको किनारनक्कलेघाटमा माघ १२ गते बृहत माङहुप वादेम्मा गरिएको थियो ।

 

 

माघ १३ गते पान्थर फेदेनको सुम्हात्लुङ गढी येत नाम्धुङ लाधुङ सेमी सेवा गरिएको थियो । भने, फागुन ५ गतेदेखि १३ गतेसम्म पान्थर यासकको कुम्मायक कुसायकमा येत नाम्धुङ लाधुङ सेमी सेवा गरिएको थियो ।

 

 

यसरी सावायेहाङको सामुहिक सेवा गर्ने शिलशिलामा इलामको माङसेबुङ गाउँपालिका ३ स्थित फुलुङगीमा १ लाख ८ हजार १ सय ८ येप्लीङसहित १ सय ८ नदिको पानीले सिञ्चित गरी सेवाको समापन गरिने सेवा आयोजक समितिले बताएका छन् ।

 

तस्बिर किरात समाचार