माङ्सेबुङ/विश्व शान्ति तथा मानव एकताको लागि किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सेवा सोमबार सुरु भएको छ ।
इलामको माङ्सेबुङ गाउँपालिका ३ स्थित किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्ञानभूमि फुलुङगीमा चैत ६ गतेदेखि १४ गतेसम्म सप्ताहव्यापी आयोजित सेवा प्रारम्भ भएको हो ।
सो सेवामा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन एंव गुरु परिवारको समुपस्थित रहेको थियो ।
माईखोलामा आयोजित किरात सावायेहाङ याक्थुङहाङ्सा माङहुप वदेम्मा सेवामा देश विदेशबाट उपस्थित किरात धर्मावलम्बीहरुको सहभागिता रहेको छ ।
सेवा यस अघि तमोर नदिको नक्कलेघाट, फेदेनको सुम्हात्लुङ गढी र यासकको कुम्मायक कुसायक हुँदै इलामको माङसेबुङ गाउँपालिका ३ स्थित फुलुङगीमा १ लाख ८ हजार १ सय ८ येप्लीङसहित १ सय ८ नदिको पानीले सिञ्चित गरी सेवा गरिने आयोजक समितिले बताएका छन् ।
सेवा समापन कार्यक्रममा सेवामा सहयोगदाताहरुलाई सम्मान गरिने र अङसीमाङ तथा अङसीमामाङको हस्तबाहुलीबाट माङवाहाङवा फुलुङगीमा वितरण गरिने आयोजक समितिले जनाएको छ ।