दमक/कोशी प्रदेश नामको खारेजीका लागि चरणवद्ध आन्दोलनका कार्यक्रमहरुलाई सशक्त रुपमा अगाडि बढाउन अभियान समितिले संगठन विस्तारलाई प्राथमिकता दिएको छ ।
आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको एक घटक संगठन पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिले मोरङ, सुनसरी जिल्ला लगायतका विभिन्न पालिकाहरुमा अन्तरक्रिया तथा संगठन विस्तार कार्यक्रमलाई अगाडि बढाएको हो।
पहिचान सहितको प्रदेश १ को पुनः नामाङकन अभियान समिति इटहरी उप महानगर गजेन्द्र पालुङ्वाको अध्यक्षतामा ३१ विहिबार सदस्यीय समिति गठन भएकोछ।
अभियान समिति केन्द्रीय कार्य सम्पादन समिति सदस्य तथा मोरङ जिल्ला अध्यक्ष रामभक्त कुरुम्बाङको सहजीकरणमा गठन गरिएको अभियान समितिमा उपाध्यक्ष भबेन्द्र आङबुहाङ, सचिव भक्त येङदेन, सह सचिव डिके राई, कोषाध्यक्ष नरेन्द्र खिम्दीङ लगायत समितिहरु रहेका छन् ।
त्यसैगरी अभियान समिति केन्द्रीय कार्य सम्पादन समिति सदस्य तथा मोरङ जिल्ला अध्यक्ष रामभक्त कुरुम्बाङ र अभियान समिति सुनसरीका अध्यक्ष बुद्धिमान थाङदेनको सहजीकरणमा सुनसरीको बराहक्षेत्र नगरपालिका स्तरीय समिति गठन गरिएको छ ।
कमलकुमार लिम्बूको अध्यक्षतामा गठन गएिको अभियान समितिको सचिवमा लोकेन्द्र एभेङ, सह सचिवमा जेनिसा आङबुहाङ, कोषाध्यक्षमा हर्कराज ओख्राबो लगायत समितिहरु रहेका छन् ।
यसरी बिहिबारनै मोरङको मिक्लाजुङमा लालबहादुर खापुङ लिम्बुको अध्यक्षतामा गाउँपालिका स्तरीय ११ सदस्यीय अभियान समिति गठन भएको पहिचान सहितको प्रदेश नं १ पुनः नामाङकन अभियान समितिका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए।
आगामी चैत ५ गते प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको आयोजनामा कोशी प्रदेश नाम खारेजीको लागि विराटनगरमा आयोजित विशाल जन प्रदर्शन कार्यक्रमको तयारीका लागि र थप आन्दोलनको कार्यक्रमहरुलाई सशक्त बनाउन संगठन विस्तार अभियान सञ्चालन गरिएको जनाइएको छ ।