प्रदेश व्यापी आम हड्तालः प्रदेशका मुख्य सहरहरु ठप्प

दमक/प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दले प्रदेश नं. १ प्रदेशको जनजीवन प्रभावित भएको छ । कोशी प्रदेश नाम खारेजीको माग गर्दै आइतबार (आज फागुन २८ गते) दबाबमूलक प्रदेशव्यापी आम हड्ताल गरेको हो ।

 

 

आइतबार विहानदेखि ताप्लेजुङको फुङलिङ, पाँचथरको फिदिम, इलामको इलाम बजार, माङसेबुङ, झापाको काँकडभिट्टा, चारआली, विर्तामोड, कादमक, भद्रपुर, मोरङको प्रदेश राजधानी विराटनगर उर्लाबारी, पथरी, लेटाङ र बेलबारी, सुनसरीको इटहरी र धरानमा बन्द भइरहेको छ ।

 

यसरीनै धनुकटाको धनकुटाबजार, तेह्रथुमको मेयङलुङ, भोजपुरको भोजपुर बजार, उदयपुरको गाइघाट, खोटाङको दिक्तेल, ओखलढुंगाको ओलढुंगा, सखुवासभाको चैनपुर, सोलुको सल्लेरीलगायत स्थानहरुमा प्रदर्शनकारी भेला भएर बन्द सफल पार्न निरन्तर लागेका छन्।

 

बन्द गराउन सडकमा उत्रिएपछि प्रदेशको जनजीवन प्रभावित भएको हो । बन्दका कारण यातायातका साधन सञ्चालन हुन सकेको छैन।

 

प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले आम हडताल अन्तर्गत एम्बुलेन्स, खानेपानी, विवाह, मरमिराउको, कुटनैतिक नियोग, पत्रकार र मानव अधिकारका गाडीहरु बाहेक सम्पूर्ण व्यापार व्यवसाय, उद्योग कलकारखाना, यातायात, स्कूल, बजार, कार्यालय लगायत प्रदेशव्यापी बन्द गएिको जनाएका छन् ।