कार्यकर्तालाई बिनासर्त रिहाइ गरः संयुक्त सङ्घर्ष समिति


दमक/कोशी प्रदेश नामको खारेजीको माग गर्दै भइरहेको प्रदेश व्यापी आम हडतालको क्रममा पक्राउ परेका २ दर्जनभन्दा बढी कार्यकर्तालाई बिनासर्त तुरुन्तै रिहाइ गर्न माग गरिएको छ । संघर्ष समितिले विज्ञप्ती जारी गर्दै सो माग गरिएको हो ।

 

 

आन्दोलनको क्रममा झापाको बिर्तामोडबाट मित्र लिङ्देन, विनोद न्यौपाने, निर्मला लिङ्देन, देउमान हाङ लिम्बु, राज खम्बु, गौरिमान राई, कुमार साम्यु, र सामी पालुङवा, झापाको दमकबाट प्रेमदिप थाम्सुहाङ, रोशन तुम्बापो लिम्बू, महेन्द्र चाम्लिङ राई, बेनु कुमार लिम्बु, दिपक लिम्बू, बन्दना नेम्बाङ, अबि चेम्जोङ, योगेश मादेन, डिग बहादुर मादेन, श्याम मादेन र याम लोरिङ्देन, झापाको चारआलीबाट यलम्बर खम्बु, झापाको काँकडभिट्टाबाट ओमप्रकाश खापुङ र पवन मेचे पक्राउ गरिएको समितिले जनाएको छ ।

 

 

यसरीनै केर्खा बजारबाट ममता लिम्बू साम्योक आङ्देम्बे र दिलिप घताने पनि पक्राउ परेका छन् । त्यसैगरी सर्मिला आङदेम्बे, कोपिला लाओती, सनम राजवंशी र सुनिता लामा सुहाङ लगायतलाई पनि पक्राउ गरिएको छ ।

 

 

 

घटनाको घोर भत्सर्ना गर्दै पक्राउ परेकाहरुलाई बिनासर्त तुरुन्तै रिहाइ गर्न सम्बन्धित सरोकारवाला निकायमा माग गर्दै संयुक्त संघर्ष समितिले अन्यथा यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा नेपाल सरकार र सरोकारवाला निकाय जिम्मेवार हु्ने जानकारी गराएको छ ।